प्यारालाइसिस भएपछि आफ्नै छोराले सडकमा छोडेर गए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ श्रावण २०७५, सोमबार ११:५५

भक्तपुर। काठमाडौँको न्युरोड एकदम व्यस्त शहर मध्य एक हो। त्यहिँ न्युरोडको एक सडक पेटीमा एक बृद्द बिक्षिप्त अवस्थामा भेटिए। एक खुट्टा प्यारालाइसीस भएको, उनले लगाएका लुगा उनको आफ्नै दिशापिशाबले दुर्गन्धित भएको, कसैसँग नबोल्ने, खुट्टा भरि घाउ नै घाउ देख्दा कसको मन थामिएला र। उनको अवस्था देखेर मानव कल्याण समाजकि सेविका सुमित्राको मन पनि थमिएन। उनले ती बृद्दलाई आफ्नो आश्रममा लाने निधो गरिन्।

बिगत दुई महिना देखि भक्तपुरमा ‘मानव कल्याण समाज’ नामक सामाजिक संस्था संचालन गर्दै आएकी सुमित्राले ती बृद्दलाई आफ्नै संस्थामा लागिन्। संस्थामा पुरुषको रेखदेख गर्ने लक्ष्मण बन नामक एक युवकले उनलाई नुहाईधुवाई गरेर सफासुग्गर बनाइदिए, नँया कपडा लगाइदिए र उनलाई चिटिक्क पारिदिए। उनी अब पहिलाको जस्तो रहेनन्।

धेरै दिनको भोको ती बृद्दलाई पेटभरी खुवाइयो। शारीरिक रुपमा पनि तन्दरुस्त पारियो। आफ्नो अवस्था केहि राम्रो भए पछि उनले आफ्नो नाम उदित कुमार स्थापित बताए। उनले बताए अनुसार उनको घर मैतिदेवी रहेछ। अत्यधिक मदिरा सेवन, रुखो बोलि र नराम्रो आनीबानीका कारण आफ्नो छोराले घुमाउन लान्छु भनेर सडकमा छोडेको उनको भनाई रहेको छ।

उनी भन्छन् ,’हो मैले गल्ति गरेको छु। म मेरो गल्ति पनि स्वीकार्छु। मैले यहाँ आएर आफ्नो गल्ति महसुस गरिसकेको छु। मैले मेरो बानी पनि सुधारीसके। अब म पहिलाको जस्तो व्यवहार देखाउदिन। अब म आफ्नै परिवारसँग बस्न चाहान्छु।’

अहिले उनी आफ्नो खुट्टामा समस्या भएका कारणले गर्दा हिड्न सक्दैनन्। लामो समय सडकमा जीवन व्यतित गर्न परेकोले उनको स्वास्थ्यमा पनि समस्या आएको छ। त्यसैले उनको दिशापिसाब पनि कपडामा नै हुन्छ। यो सबको हेरचाह र स्याहारसुसार त्यहाँ कै सेवक लक्ष्मणले गरिरहेका छन्।

लक्ष्मण भन्छन् , ‘जन्म दिने आमाबुबाले गल्ति गरे पनि सुधार्ने मौका दिनु पर्छ। आफ्नो आमाबुबाको सेवा आफैले गर्नुपर्छ। यसो गरे मात्र आमाबुबा सडकमा आउने छैनन् र यो अवस्था पनि सृजना हुने छैन। ‘

पहिलाको अवस्था र अहिलेको अवस्था तुलना गर्ने हो भने त उनको शारीरिक र मानसिक स्थितिमा निकै सुधार आइसकेको छ। त्यसैले पनि उनको आफ्नो घरपरिवारसँग बस्ने इक्षा पुरा गर्नको लागि मानव कल्याण समाजले उनको घरपरिवारलाई आफ्नो बुबा जिम्मा लिन आग्रह गरेको छ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१