जथाभावी खर्चले रित्तीयो सरकारी ढुकुटी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ श्रावण २०७५, सोमबार ०५:००

काठमाडौ। गएको जेठ असारमा जथाभावी रूपमा गरिएको खर्चले अहिले सरकारी ढुकुटी रित्तो अवस्थामा पुगेको छ। अर्थमन्त्रालयका अधिकारीहरूका अनुसार सरकारी खातामा अघिल्लो आर्थिक वर्षको एक पैसा पनि बचत छैन। आर्थिक वर्षको अन्त्यमा भएको सरकारकोे यस्तो वेथितिले गम्भीर परिस्थिति उत्पन्न हुने निश्चित छ। चालु आवको पहिलो महिनाबाटै आन्तरिक ऋणबाट काम चलाउनुपर्ने अवस्था आएको छ। सरकारले आन्तरिक ऋणमा चाप बढाउँदा बैंक तथा वित्तीय संस्थाको ऋण लगानी क्षमतामा असर पर्ने र अर्थमन्त्रालयका विज्ञ अधिकारी बताउँछन्।

सरकारले गत आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै पूँजीगत बजेटको ३३ प्रतिशत रकम सिध्याएको थियो। विकास निर्माणका लागि छुट्याइएको ३ खर्ब ३५ अर्ब रुपैयाँमध्ये गत असारमा मात्रै १ खर्ब १० अर्ब रुपैयाँ निकासा गरिएको थियो जसमध्ये अन्तिम दिन मात्रै २७ अर्ब रुपैयाँ निकासा भएको थियो।
अर्थ सचिव राजन खनालले सरकारी ढुकुटी रित्तिएको स्वीकार गरे। यस्तो अवस्थामा सरकारले दैनिक संकलित राजश्व र राष्ट्र बैंकबाट ओभर ड्राफ्ट कर्जा लिएर दैनिक कार्य सञ्चालन हुने उनले बताए।

राजश्व स्वरुप साउन भरमा करिब २३ अर्ब रुपैयाँ मात्र सरकारलाई प्राप्त हुने देखिन्छ। विभिन्न अनुदान र दैनिक कार्यसञ्चालनका लागि यो रकम अत्यन्तै न्यून हो। अर्थ सचिव खनालले भने सकारले तत्काल आन्तरिक ऋण नउठाउने दाबी गर्छन्।  जथाभावी खर्च गर्ने परम्पराकै कारण गत आर्थिक वर्षमा सरकार ४८ अर्ब रुपैयाँ घाटामा रहेको देखिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१