शौक्षिक अवस्था सुधारको माग गदै बिगत ३ बर्ष देखी जिल्ला शिक्षा अगाडी धर्ना

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ भाद्र २०७१, बुधबार ०८:०९

गणेश विष्ट / भोजपुर ,४ भाद्र ।
शैिक्षक नतिजा खस्कन थालेपछि जागिरै छोडेर बिगत ३ बर्ष देखी शिक्षमा सूधार गर्न पुर्व प्रधानध्यापक झुरेन्द्र प्रसाद पराजुली कालो पट्टी बाँधेर जिल्ला शिक्षा कार्यलय अगाडी महिनामा एक चोटी धर्ना दिदै एक आएका छन् । एस.एल.सी मात्र होईन त्यो भन्दा तल्ला कक्षाहरुमा पनि शिक्षाकको अबस्था राम्रो छैन् । विधालयमा विषय शिक्षकको अभाब आफ्न्त ब्यक्तिहरुलाई नियुक्ती गरीनु विधालयको निरिक्षणमा कमी भएको कारणले शैक्षीकस्तर घटेको उनको दावि छ ।1660306_419294894840070_739436778_n
यसलाई सुधार्न विभिन्न् किसिमले पहल गरेपनी सुनुवाई नभए पछि धार्ना बस्न बाध्य भएको पराजुली बताउछन् ।
उनकको आन्दोलन र खस्कदो नतिजाको कारण राजतिक दल लगाए सबै पक्षको चोसो बढ्न थालेको छ । भोजपुरमा खस्कदै गएको शौक्षिक अवस्थालाई कसरी सुधार गर्ने बिषयमा मंगलबार जिल्ला शिक्षा कार्यलयमा सर्व पक्षिय छलफल भएको छ ।
गएको वर्ष ७ वटा माविले शुन्य नतिजा ल्याएकोमा यो वर्ष बढेर १२ वटा पुगेको छ । यसरी निलखाने विधालयको संख्या बढे पछि सबैको चासो बढ्न थालको हो । तेती मात्र होईकी यस त गएकोसालभन्दा उत्रिर्ण प्रतिशत पनि घटेको छ ।
अब पराजुलीको मागलाई समर्थन गदै राजनैतीक दल नागरीक समाज, स्रोत व्यक्ति अविभाबक शिक्षक लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा शौक्षिक सुधारको लागी बिगत ३ बर्ष देखी संघर्षरत झुरेन्द्र प्रसाद पराजुली उठाउदै आएका बिषय अनुसारको शिक्षकको व्यवस्था गर्नुे पर्ने , नाताबाद कृपावाद तथा राजनैतीक दलको दवावमा शिक्षक नियुक्त गर्ने नहुने मागमा छलफल भएको थियो ।

त्यसैगरी खस्कदै गएको एस एल सी नतिजालाई कसरी सुधार गर्ने भन्ने बिषयमा छलफल भएको थियो । कार्यक्रममा नेपाली काङ्गेसका कार्यवाहाक सभापती कैलाश कुमार आले , नेकपा एमालेका सचिव शरण कुमार राई , ए नेकपा माओबादीका अध्यक्ष सुदन किराती, नेकपा माओबादी क्रिलोचन लोहार , नागरीक समाजका पर्शुराम तिवारी लगायतले शिक्षामा सुधार गर्न प्रावि स्तर देखी नै सुधार गर्नु पर्ने साथै नतिजा सुधारमा बिद्यालय , जिल्ला शिक्षा कार्यलय , राजनैतीक दल , नागरीक समाज , अभिभावक लगायतले सकारात्मक भुमिका निर्वाहा गर्नु पर्नेमा जोड दिएका थिए । यसैगरी कार्यक्रममा जिल्ला शिक्षा अधिकारी बसन्त प्रसाद कोईरालाले शिक्षाको गुणस्तर सुधारमा सबै संग सहकार्य गरेर, कानुन अनुसार अगाडि बढ्ने बतताए

 

प्रतिक्रिया