इन्धन ढुवानीमा सेक्युरिटी लकिङ सिस्टम प्रयोगमा ल्याउनुअघि वार्षिक ६८ करोडको इन्धन चुहावट भएको पुष्टि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ श्रावण २०७५, बुधबार १०:४०

काठमाडौं। विगतका बर्षमा ढुवानीका क्रममा वार्षिक कम्तीमा ६८ करोड बराबरको इन्धन चुहावट  भएको तथ्य पुष्टि भएको समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

नेपाल आयल निगमले इन्धन ढुवानीमा सेक्युरिटी लकिङ सिस्टम प्रयोगमा ल्याउनुअघि वार्षिक ६८ करोड रुपैयाँ बराबरको इन्धन चुहावट भएको पुष्टि भएको हो ।

विगतमा इन्धन ढुवानीका क्रममा ट्यांकरचालकले बीच बाटोमा तेल चोरी गरेका कारण पूरा परिणाम नआएको निगम र पम्प सञ्चालकहरुले बताउँदै आएका थिए ।

निगमले ढुवानी क्रममा हुने तेल चोरी नियन्त्रण गर्न सबै ट्यांकरमा सेक्युरिटी लकिङ सिस्टम जडान गरेपछि इन्धन चोरी नियन्त्रण भएको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१