नेपाली महिलाका लागि ब्रिटिस आर्मीमा जागिर खान यस्तो छ मापदण्ड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ श्रावण २०७५, बुधबार ०६:१३

ब्रिटिश सेनाले गोर्खा ब्रिगेडमा सन् २०२० सम्ममा महिलाहरूलाई पनि भर्ती गर्ने घोषणा गरेको छ। नेपालीहरू दुई सय वर्षभन्दा अघिदेखि ब्रिटिश गोर्खा फौजमा सहभागी हुँदै आएका छन्। सन् १८१५ मा नेपालमा आक्रमण गर्दा ठूलो क्षति बेहोरेपछि ब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपालबीच एउटा सम्झौता भयो। त्यसअनुसार नेपालीहरू पनि ब्रिटिश फौजमा भर्ती हुन पाउने भए। सन् १९४७ मा भारत विभाजित भएपछि नेपाल, भारत र ब्रिटेनबीच अर्को सम्झौता भयो। त्यसपछि भारतमा भएका चारवटा गोर्खा रेजिमेन्टहरू ब्रिटिश सेनामा सारिए। यो अवधिमा महिलाहरूलाई पनि लडाकु सैन्यका रूपमा भर्ती गर्न लागिएको यो पहिलो अवसर भएको बताइन्छ।

भर्ना प्रक्रिया पोखरामा हुनेछ। छानिएका आवेदकहरूले ब्रिटेनको नर्थ योर्कशरस्थित क्याट्रिकमा १० हप्ता तालिम लिनेछन्।

प्रथम र द्वितीय विश्वयुद्धमा दुई लाख ३० हजार भन्दा बढी गोर्खा सैनिकहरू सहभागी भएका बताइन्छ। तर पछि उनीहरूको सङ्ख्या घट्यो। अहिले झन्डै तीन हजार गोर्खा सैनिक सेवामा छन्। युद्धभूमिमा जाँदा आधुनिक हतियारबाहेक अहिले पनि उनीहरू परम्परागत हतियार १८ इन्च लामो खुकुरी बोक्छन्।

भर्तीका लागि उनीहरूका निम्ति छुट्टै छनोट प्रक्रिया बनाइएको छैन। त्यसैले महिलाहरूले पनि पुरुषहरूले जस्तै नै कठिन शारीरिक परीक्षाहरूमा उत्तीर्ण हुनुपर्नेछ।

  • छनोट प्रक्रियामा सहभागी हुन आवेदकको तौल ५० केजी र उचाइ १५८ सेन्टिमिटर ९पाँच फुट एक इन्च० बढी हुनुपर्छ।
  • उनीहरू आठ चोटि ‘अन्डर्आर्म हीभ’ गर्न सक्षम पनि हुनुपर्छ। छनोटका लागि आवेदक महिलाहरूले २५ केजी बालुवा डोकोमा बोकेर पाँच किलोमिटर उकालो दौडिनुपर्नेछ।

 

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१