आज देखिे शेयर कारोबार अनलाइनमार्फत हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ श्रावण २०७५, मंगलवार ०५:५१

काठमाडौँ।  सरकारले  साउन १ गते अर्थात आज मंगलबारदेखि स्वचालित विद्युतीय कारोबार प्रणाली (अटोमेटेड इलेक्ट्रोनिक ट्रेडिङ सिस्टम) लागू गर्ने भएको छ ।

शेयर कारोबारलाई थप व्यवस्थित, प्रभावकारी र लगानीमैत्री बनाउने उद्देश्यका साथ सो प्रणाली लागू गर्न लागिएको हो । सो प्रणाली लागू भएपछि अनलाइन कारोबारका लागि कारोबारकर्ताले पहिलो पटक शेयर दलाल कहाँ पुगेर ‘युजरनेम’ र ‘पासवर्ड’ भने लिनुपर्नेछ । त्यसपछि तपाईले घर, कार्यालय वा इन्टरनेट भएका जुनसुकै स्थानबाट पनि सहजैरुपमा शेयर खरिद वा बिक्री गर्न सक्नुहुन्छ ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ आगामी साउन १ तेदेखि लागू गर्ने भएको छ । लगानीकर्ताको मागबमोजिम नै उक्त सेवा शुरु गरिएको बोर्डले जनाएको छ ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ को नियम १२ बमोजिम बजारले धितोपत्रको खरिद तथा बिक्री कारोबार सञ्चालनका लागि स्थापना गरेको स्वचालित विद्युतीय कारोबार प्रणाली नेपाल स्टक एक्सचेञ्ज र शेयर दलाल कम्पनीले जडान गर्नुपर्नेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१