सीमा नाकामा इबोलाबारे निगरानी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ भाद्र २०७१, बुधबार ०६:३६

धनगढी, ४ भदौ । इबोला भाइरसको संक्रमण भित्रिन नदिनका लागि सीमा नाकामा निगरानी बढाइएको छ । कैलालीको गौरीफण्टा सीमा नाका हुँदै नेपाल भित्रिने मानिसलाई निगरानी गर्न थालिएको हो । हाल सो नाकामा तैनाथ हुने स्वास्थ्कर्मी टोलीलाई प्रशिक्षण गराउने काम भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।12_08_2014-12ebola

शारीरिक द्रव्यबाट फैलदैंजाने सो रोगका बारेमा अपनाउनु पर्ने सावधानी सम्बन्धि प्रशिक्षण दिन लागिएको हो । यद्यपी उनीहरुलाई रोगको संक्रमणबाट बच्नका लागि प्राविधिक रुपमा सबल बनाउन भने नसकिएको स्रोतको भनाई छ । सामान्य रुपमा पञ्जा, मास्क जस्ता सामग्री उपलब्ध भए पनि त्यतिले मात्र इबोलाको संक्रमण रोक्न सम्भव नहुने भएबाट कतै स्वास्थ्य निगरानीमा खटिने स्वास्थ्यकर्मी नै खतरामा पर्ने त होइनन् भन्ने चिन्तासमेत देखिएको छ ।
उल्लेखनीय छ, उक्त संक्रमणबाट विदेशमा संक्रमितको उपचारमा संलग्न चिकित्सकसमेत प्रभावित भएका छन् ।

प्रतिक्रिया