काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।
आइतबार छापावाल सुन प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर प्रतितोला ५७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
आइतबार तेजावी सुन प्रतितोला ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर ५६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, सोमबार चाँदीको मूल्य भने यथावत नै रहेको छ ।
आइतबार प्रतितोला चाँदीको मूल्य ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सोहि मुल्यमा कारोबार भइरहेको छ।
प्रतिक्रिया