चीनद्वारा बाढीपीडितलाई १ करोड ५५ लाख सहयोग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ भाद्र २०७१, बुधबार ०६:२९

काठमाडौँ ,४ भाद्र  । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले सुनकोसी पहिरो पीडित र अन्य क्षेत्रका बाढीपीडितको सहयोगार्थ रु एक करोड ५५ लाख प्रदान गरेको छ ।aed4fc716b4445b181ea8408f90e3aee

नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईले ३ साउनमा परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेलाई नेपालका बाढी पीडितका लागि तिब्बत सरकारका तर्फबाट रु १ करोड ५५ लाख प्रदान गरेका छन् ।

त्यस अवसरमा राजदूत वुले नजिकको मित्र भएको नाताले नेपालको दुःख पीडाले आफूलाई पनि मर्माहत पारेको भन्दै चीन सरकारले उक्त सहायता प्रदान गरेको बताए ।

राजदूत वुले पहिरो र बाढीमा ज्यान गुमाएका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, पुस १२, २०८१