काठमाडौँ । टक अफ वार (डोरी तान्ने ) खेलको बिशेष कार्यक्रम नेपालमा भएको छ । विभिन्न देशबाट २० जना भन्दा बढीको प्रतिनिधित्व र नेपालबाट ५० जनाको हाराहारीमा रहेको कार्यक्रममा टक अफ वार (डोरी तान्ने ) खेललाई विश्वभरि कसरि लाने भन्ने बारे बिशेष छलफल गरिएको थियो ।
गाउँ घरमा आयोजना गरिने खेलको व्यवसायीक विकासका लागि मैत्रीपूर्ण डोरी तान्ने खेल प्रतियोगिताका रुपमा आयोजना गरेको हो ।
यो खेलले ओलम्पिकमा समेत मान्यता पाईसकेको छ । नेपालको आफनै मौलिकता बोकेको डोरी तान्ने खेलको आयोजना गरिएको टक अफ वार संघका उपाध्यक्ष भवानी प्रसाद पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया