मान्छेको चिउँडो हेरेरै थाहा हुन्छ त को-कति भाग्यमानी ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ असार २०७५, बुधबार ०५:१०

खासगरी मानिसलाई सुन्दर बनाउन अनुहारका अंगहरु महत्वपूर्ण हुन्छन् । तर समुन्द्र शास्त्रका अनुसार अनुहारका अंगहरुको सौन्दर्यजनक मात्र नभएर अरु पनि विभिन्न महत्व छन् । त्यस्तै महत्वपूर्ण अंग हो चिउँडो । मानिसका स्वभाव, गुण अवगुण थाहा पाउन उसको चिउँडो हेरे पुग्ने समुन्द्र शास्त्रको दावी छ ।
लामो चिउँडोः जुन ब्यक्तिको चिउँडो लाम्चो आकारको हुन्छ त्यस्ता ब्यक्तिमा धेरै गुण हुन्छन् । यस्ता ब्यक्ति स्थिर स्वभावका हुन्छन् एउटा काम थालेपछि त्यसलाई पुरा गर्छन् । काम पुरा नगरी थकाइ नमार्ने यिनीहरुको चलन हुन्छ ।
सानो चिउँडोः सानो चिउँडो भएका ब्यक्ति आल्छी र असन्तोषी हुन्छन् । यस्ता ब्यक्ति समस्याबाट भाग्छन् । यिनीहरुको महत्वाकाँक्षा हुँदैन । कामचोर र ठग स्वभाव हुन्छ । बाहिर निस्किएको चिउँडोः बाहिर उछिट्टिएको चिउँडो भएका ब्यक्ति कर्मठ हुन्छन् । यस्ता ब्यक्ति धुर्त र कपटी समेत हुन्छन् । यस्ता ब्यक्तिलाई भरोसा गर्न सकिन्न् । बर्गाकार चिउँडोः जुन ब्यक्तिको चिउँडो समकोण भएको हुन्छ । यस्ता ब्यक्तिलाई आर्थिक समस्या पर्दैन । यिनीहरुको कामुकता बढी हुन्छ र काम बासनाका लागि धन दौलत खर्च गर्न पनि पछि पर्दैनन् । सलक्क परेको चिउँडोः तल माथि मिलेको र सोझो परेको चिउँडो शुभ मानिन्छ । यस्तो चिउँडो भएका ब्यक्ति सत्य बोल्ने र नियम पालना गर्ने हुन्छन् । यस्ता ब्यक्ति गम्भिर र कम बोल्ने स्वभावका पनि हुन्छन् । यिनीहरुको भनाइ अस्वीकार गर्न नसकिने खालको हुन्छ । यिनीहरु प्रेम गर्दा पनि निस्वार्थ भावले गर्छन् । यस्तो चिउँडो भएकाहरु आर्थिकरुपमा पनि बलिया हुन्छन् । गोलो चिउँडोः यदि कसैको चिउँडो गोलो आकारको छ भने यस्ता ब्यक्ति भावुक हुने र साना साना कुरामा पनि भड्किने हुन्छन् । यस्ता ब्यक्तिले हरेक काम हतारमा गर्छन् र काम विगार्छन् पनि । आफूलाई क्रोधी देखाउने यिनीहरुको स्वभाव हुन्छ । क्रोधको समयमा उत्तेजित भएर असंयमित काम समेत गर्छन् । यस्त ब्यक्तिहरु आफ्नो कुरामा अडिग हुन्छन् र स्पष्ट कुरा गर्छन् ।
अण्डाकार चिउँडोः अण्डाकार चिउँडो पनि शुभ मानिन्छ । यस्तो चिउँडो हुनेहरु चकचके र कलाप्रेमी हुने बताइन्छ । यिनीहरु ब्यवहारिक र उच्च विचारका समेत हुन्छन् । यस्ता ब्यक्तिले कला क्षेत्रमा चर्चा कमाउँछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१