आयरकर छली गरेको भेटिए जरिवानासहित ग्यास उद्योग नै खारिज

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ असार २०७५, सोमबार १६:५१

नेपालगन्ज ।विभिन्न मिडियाहरुले बाँकेस्थित भेरी ग्यास उद्योग र मनकामना ग्यास उद्योगले वार्षिक करोडौं रकम आयकर छली गरेको हुन सक्ने खालको समाचार सार्वजनिक भएपनि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले मुद्दालाई दर्ता गर्नुको साथै सक्रियताका साथ छानबिन शुरु गरेको छ ।

नेपाल आयल नियम लिमिटेड इन्धन डिपो नेपालगन्जले दिएको कोटा अनुसार बाँकेस्थित भेरी ग्यास उद्योगले वार्षिक रु.२५ करोड र मनकामना ग्यास उद्योगले वार्षिक रु.२० करोड खुद नाफा कमाएमा सो अनुसारको आयकर नबुझाएको समाचार विभिन्न मिडियाले प्रकाशित गरेको समाचारलाई आधार बनाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले मुद्दा दायर गर्नुका साथै छानबिन शुरु गरेको छ ।

ठुला करदाताले राजधानीमा नै आयकर लगायत वार्षिक लेखापरिक्षकको रिपोर्ट बुझाउने भएकाले स्थानिय स्तरबाट सरोकारवालाहरुसँग छानबिनको प्रक्रिया अघि बढाई कारवाही शुरु गरिने बताएको छ ।
ग्यास उद्योग र लेखापरिक्षकको मिलेमतोमा अध्यधिक खर्च देखाई मुनाफा कम देखाई आयकरमा हेराफेरी गरेको हुन सक्ने आशंका गरिएको छ ।

लेखापरिक्षकले पेश गरेको हिसाबमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक अधिकृतले भने–‘आयकर छल्ने कार्य गर्ने जो कोहीलाई पनि छानबिन पश्चात आयकर छलेको हो भने कारवाही हुन्छ । हामीले अहिलेसम्म दुई जना लेखापरिक्षकलाई कारवाही स्वरुप जरिवाना समेत तिराएका छौं । तर ठुलो रकमको आयकर छलीको विषयमा जरिवानासहित सरोकारवाला निकायलाई त्यस्ता लेखापरिक्षकको अनुमति पत्र खारेजीको सिरफारिस समेत गर्नेछौं ।’
ग्यास उद्योगले आयकरको नाममा के कति रकम सरकारलाई बुझाएका छन भन्ने विषयमा अख्तियारले अनुसन्धान भइरहेको अवस्थामा केही भन्न नमिल्ने बताएसँगै मिडियाले उठाएको कुरा सहि लागेको भन्दै आयकर छली गर्ने गिरोह विस्तारै कमजोर हुँदै गएको संकेत दिएको छ ।

ग्यास उद्योगले आयकरमा आयकरमा ठुलो रकम छली गरेको ठहर भएमा ठुलो रकमको जरिवानासहित आयरकर ऐन अनुसार उद्योग नै खारेजी हुन सक्ने अख्तियारले बताएको छ ।
बाँकेस्थित दुई ग्यास उद्योगले आयकर छली गरेको हुन सक्ने तथ्यांक विभिन्न मिडियामा सार्वजनिक भएपछि कुराकानी मिलाउन उद्योगका टिम राजधानीसम्म पुगेको र ग्यास
संघमा पनि कुरा राखि सबै ग्यास उद्योग एक हुनु पर्नेमा जोड दिइएको छ ।सरकारी आयकर छली गर्ने उद्योग खारेजी भएका अवस्थामा तत्काल नै छोटो समयमैं नयाँ उद्योग खुल्न सक्ने अधिकांश व्यापारीले बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१