नेपालमा डलरको भाउ अहिलेसम्मकै महंगो, अझै बढ्ला ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० असार २०७५, बुधबार ०६:१४

काठमाडौं । अमेरिकी डलर अहिले सम्मकै महंगो भएको छ । मंगलबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार १ डलरको बिक्रि मुल्य ११० रुपैयाँ ३८ पैसा पुगेको छ । यो मुल्य अहिले सम्मकै उच्च हो । डलरको खरिद मूल्य भने १०९ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरमा उल्लेख छ।

झण्डै दुई वर्ष अघि पनि अमेरिकी डलरको विनिमय दर निकै उच्च भएको थियो । यसअघि सन् २०१६ को नोभेम्बरमा १ डलरको बिक्रि मूल्य ११० रुपैयाँ २८ पैसा पुगेको थियो । त्यो रेकर्डलाई पनि अहिले तोडिएको छ । अमेरीकी डलरको तुलनामा भारतिय रुपैयाँ कमजोर हुदाँ नेपालमा डलरको भाउ महङ्गिएको विश्लेषण गरिएको छ ।

भारतको मुद्रामा परिवर्तन हुंदा नेपालको मुद्रामा पनि सोही अनुसार परिवर्तन हुने गरेको छ । नेपाली मुद्राको भारतसँग स्थिर सटही दर भएकाले यस्तो प्रभाव परेको हो । २०४८ सालमा एक सय भारतिय रुपैयाँको सटहिदर १ सय ६० नेपाली रुपैयाँ तोकिएको थियो।

नेपाली रुपैयाँको अन्य मुद्रा सँगको सटही दर भारतीय रुपैयाँको आधारमा तय गरिने भएकोले भारतिय मुद्रा कमजोर हुंदा नेपाली मुद्रा पनि स्वतह कमजोर हुने गरेको हो । गरिन्छ। केही समय यता भारतको भन्दा अमेरिकाको आर्थिक बृद्धिदर उच्च भएपछि भारतीय मुद्रा कमजोर बनेको हो।

विदेशमा रहेका नेपाली कामदारहरुले रेमिट्यान्स डलरमा पठाउँछन् । डलरको भाउ बढ्दा रेमिट्यान्समा पनि केहि बृद्धि हुन्छ । त्यस्तै डलरको भाउ बढेसँगै पर्यटन क्षेत्र पनि राम्रो हुनेछ । नेपालमा आउने विदेशी पर्यटकले डलर बोकेर आउँछन् र खर्च गरेर जान्छन् ।

अब डलरको भाउ बढ्ने वा घट्ने भन्ने कच्चा तेलको मूल्यमा भर पर्ने विज्ञ बताउँछन् । विश्व बजारमा अधिकांश ठाउँमा डलरबाटै कारोबार हुनेगर्छ । जसका कारण यसको माग झनै बढ्ने स्थिति छ । माग कम बढ्नु भनेको पनि मूल्य स्थिर नहुनु हो ।

पछिल्लो समय अमेरिकी सरकारले कर्पोरेट कर घटाएको छ । डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि कर्पोरेट कर ३५ बाट २१ प्रतिशतमा झारिएको छ । कर घटेसँगै विदेशमा लगानी गरेका अमेरिकी व्यवसायीहरु स्वदेशमा फर्किएका छन् ।

भारतमा लगानी गरिरहेका कैयन अमेरिकी लगानीकर्ताहरु समेत कर्पोरेट कर घटेसँगै अमेरीका फर्किएका छन् । भारतको सम्पत्ति बेचेर अमेरिका र्फकने क्रम बढेसँगै यसले भारतीय अर्थतन्त्रलाई केही नकारात्मक असर पारेको छ । भरातमा विदेशी विनियम सञ्चिति घटेपछि त्यसको असर नेपालमा पनि परेको हो ।

‘अमेरिकी डलरको कन्फिडेन्स बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सँगै माग पनि बढेको छ । त्यसले गर्दा डलर महंगो हुँदै गएको हो ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१