अस्ट्रेलियन एजुकेशन फेयर काठमाडौंको होटल मल्लमा हुदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० असार २०७५, बुधबार ०५:४७

काठमाडौं । अस्ट्रेलियाको बिभिन्न युनिभर्सिटीमा बिगत ४  बर्ष देखि विद्यार्थीहरु पठाउदै आएको VIEC नेपालले  यही आउँदो असार २९  गते काठमाडौंको होटल मल्लमा  अस्ट्रेलियन एजुकेशन फेयर २०१८  आयोजना गर्ने  भएको छ।

अस्ट्रेलियामा उच्च अध्यनका लागि जान  चाहने विद्यार्थीलाई ध्यानमा राखेर भाइस नेपालले   होटल मल्लमा एक  दिने शैक्षिक मेलाको आयोजना गर्न लागेको VIEC नेपालका अध्यक्ष  जयराम पौडेलले बताए। ‘यतिखेर अस्ट्रेलिया नेपाली विद्यार्थीका लागि उच्च अध्यनको आकर्षणको केन्द्र बनिरहेको बेला हाम्रो संस्थाले आधिकारीक रुपमा विद्यार्थीको हितमा रहेर शैक्षिक मेलाको आयोजना गर्न लागेको हौ’, पौडेलले बताए ।

अस्ट्रेलियामा नेपाली विद्यार्थीको सम्भावना र यसको यात्रा मात्र हैन स्कलरसिप ,पढाइको स्तर, लाग्ने खर्च अनि आइपर्ने कठिनाइका विषयमा पनि मेलामा  छलफल गर्ने पौडेलले स्पष्ट पारे।

पौडेलले अगाडि भने, ‘हामीले नेपालमा मात्र होइन अस्ट्रेलिया गएपछि पनि उनीहरूको पठन पाठनसँगै अन्य विषयमा पनि सेवा दिने विषयमा समेत छलफल चलाउने छौं। अस्ट्रेलियामा रहेका करिब एक दर्जन युनिभर्सिटीहरुसंग VIEC नेपालले  परिचय बनाएको समेत जानकारी गराए ।

“फेयरमा अष्ट्रेलियाबाट आएका दक्ष काउन्सिलरले परामर्श प्रदान गर्नेछन्,” उनले भने, “उच्च शिक्षा अध्ययनका लागि अष्टेलिया जान चाहने विद्यार्थीका लागि फेयर निकै उपयोगी हुने विश्वास लिएका छौँ ।” अष्टेलियाको उच्च शिक्षासम्बन्धी सम्पूर्ण जानकारी फेयरबाट विद्यार्थीलाई प्रदान गरिने VIEC  नेपालका निर्देशक जयराम पौडेलले  बताए ।

प्रतिक्रिया