नेपाल वायुसेवा निगमले अन्तिम किस्ता ८ अर्ब साउन ७ मा पठाउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ असार २०७५, मंगलवार ०५:११

काठमाडौं । नेपाल वायुसेवा निगमले ठूलो (वाइड बडी) आकारको दोस्रो जहाजको अन्तिम किस्तावापत आठ अर्ब रुपैयाँ आगामी साउन ७ गते पठाउने भएको छ । निगमले यो परिमाणबराबरको रकम सरकारी स्वामित्वको नागरिक लगानी कोषबाट ऋण लिएर पठाउने छ।

निगमले दुइटै वाइड बडी जहाजका लागि भनेर २०७४ असार ३ गते पहिलो किस्तावापत ८ अर्ब रुपैयाँ पठाएको थियो । त्यसपछि गत साता मंगलबार ९असार १२ गते  दोस्रो किस्तावापत आठ अर्ब पठाएको थियो । त्यसपछि पहिलो वाइड बडी जहाज असार १४ मा काठमाडौं आएको थियो । निगमले दुई किस्तामा गरी १६ अर्ब रुपैयाँ पठाइसकेको छ ।

निगमलाई जहाज आपूर्ति गर्ने अमेरिकाको एएआर कर्पोरेसनले वाइड बडी जहाज प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलरका दरले उपलब्ध गराउने सम्झौता गरेको छ । सोहीअनुसार पहिलो जहाजको सबै रकम पठाइएको थियो।

निगमले दुईथान वाइड बडी जहाज खरिद गर्न आवश्यक २४ अर्ब रुपैयाँमध्ये १२ अर्ब सञ्चय कोष र बाँकी १२ अर्ब नागरिक लगानी कोषसँग लिन ऋण सम्झौता गरेको थियो । सरकारले २०७४ वैशाख ७ गते वायुसेवा निगमले खरिद गर्ने दुईथान वाइड बडी जहाजलाई आवश्यक करिब २५ अर्ब रुपैयाँमा जमानी बस्ने निर्णय गरेको थियो ।
निगमले एएआर कर्पोरेसनसँग २०७३ चैत २५ गते काठमाडौंमा दुइटा वाइड बडी किन्ने सम्झौता गरेको थियो । सम्झौताअुनसार दुई जहाजको मूल्य २० करोड ९६ लाख डलर ९त्यसबेलाको २१ अर्ब ५८ करोड ८८ लाख रुपैयाँ० पर्ने थियो । यस हिसाबले सञ्चय कोष र लगानी कोष प्रत्येकको भागमा १० करोड ४८ लाख डलर परेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१