पशुपतिनाथको प्रवेश शुल्क अब सिधै बैंक खातामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ असार २०७५, सोमबार १२:४१

काठमाडौं।पशुपति क्षेत्र विकास कोषले पर्यटकको प्रवेश शुल्कमा अनियमितता भएको गुनासो आएपछि  बैंकमार्फत् रकम बुझाउने तयारी थालेको छ।

आगामी साउन १ गतेदेखि पशुपति मन्दिर घुम्न आउने  पर्यटकले सनराइज बैंकमार्फत् प्रवेश शुल्क बुझाउनुपर्नेछ । सार्क राष्ट्रबाहेकका पर्यटकले पशुपति मन्दिर घुम्न एक हजार रुपैयाँ बुझाउँदै आएका छन् ।

अहिले पशुपतिनाथ आउने विदेशी पर्यटकलाई कोषले एक हजार रूपैयाँ लिँदै आएको छ । कोषका अनुसार वर्षेनी पशुपतिनाथमा करिब एक लाख ५० हजार पर्यटक पुग्ने गरेका छन् । ती पर्यटकबाट करिब १५ करोड आम्दानी कोषले गर्दै आएको छ ।कोषले यसअघि दैनिक हुने पञ्चामृत पूजामा समेत बैंकबाट भुक्तानीको व्यवस्था गर्दै आएको छ । बैंकले पंञ्चामृत पूजा गर्न चाहने भक्तजनले एसबीआई बैंकमा भुक्तानी गरेर रिसिभ लिएर आएपछि पूजा गर्न पाउँछन् ।

अहिले कोषले गुह्येश्वरी, तिलगंगा, बधश्लेश्वरी र पशुपतिनाथको पश्चिमढोका गरेर चार दिशामा काउन्टर खडा गरी कर्मचारी राखेर प्रवेश शुल्क उठाउँदै आएको छ । प्रवेश शुल्क उठाउने कर्मचारी र गाइडले मिलेर कोषको खातामा हिसाव नदेखाउने, प्रवेश पासविनै प्रवेश गराउने गरेका छन् । यसबाट कोषले पर्यटकबाट आउने राजस्व गुमाउँदै आएको थियो।

‘अनियमितता नहोस् भनेर बैंकमार्फत प्रवेश शुल्क उठाउन लागेका हौं,’ कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले भने, ‘यसरी शुल्क उठाउँदा पारदर्शिता हुन्छ भने शुल्क नतिरी प्रवेश गर्ने पर्यटक पनि घट्छन् ।’ उनका अनुसार अहिले काउन्टरमा बसिरहेका कर्मचारीलाई अनुगमनमा लगाइनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१