एजेन्सी । बलिउडमा अधिकांश सेलिब्रेटी सुटिङ तथा छुट्टी मनाउनका लागि विदेश जाने गर्दछन् । सो क्रममा कतिपय बलिउड सेलिब्रेटीले रंगभेद खेप्नु परेको छ । भारतीय अनलाइनले रंगभेदमा परेका केही चर्चित बलिउड कलाकारबारे रिपोर्ट तयार पारेको छ ।
प्रियंका चोपडा
रंगभेदको सिकार हुनेमा सबैभन्दा अगाडि पर्छिन्, प्रियंका चोपडा । प्रियंकाले भनेकी थिइन् कि अमेरिकामा अध्ययनका क्रममा उनलाई क्लासमेटले ‘ब्राउनी’ भनेर बोलाउँथे । उनीहरूले ब्राउनी भन्नुको कारण उनको छालाको रङ सेतो नहुनु थियो ।
सोनम कपुर
रंगभेदको सिकार हुने सूचीमा सोनम कपुर पनि पर्छिन् । सोनमले आफैँ यस कुराको खुलासा गरेकी थिइन् । विदेशका केही कार्यक्रममा सहभागी हुन जाँदा आफूलाई ‘ब्राउनी’ भनेर सम्बोधन गरिएको स्मरण उनको छ । गोरी नभएकाले उनलाई त्यसो भनिएको बताइन्छ । नयाँ पत्रिकाले छापेको छ ।
शिल्पा सेट्टी
सन् २००७ मा रियालिटी सो ‘बिग ब्रदर–५’ का क्रममा शिल्पालाई अर्का प्रतिस्पर्धी जेड गुडीले तल्लो स्तरको नश्लीय टिप्पणी गरेका थिए । जब यो कुरा बाहिर आयो, तब संसारभर गुडीको आलोचना भएको थियो । पूरा विश्व शिल्पाको पक्षमा रह्यो । बिग ब्रदर शिल्पाले जितेकी थिइन् ।
प्रतिक्रिया