अस्थायी तथा करार शिक्षकको आन्दोलनले पठन पाठन ठप्प

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ भाद्र २०७१, मंगलवार ११:५२

प्रकाश धौलाकोटीेTerhathum map

तेह्रथुम ३ भाद्र । शिक्षक सेवा आयोगले स्थायी शिक्षकहरुको नियुक्तिका क्रममा अस्थायी र करार शिक्षकहरुलाइ विस्थापित गर्न लागेको भन्दै अस्थायी तथा करार शिक्षक सङ्घर्ष समिती तेह्रथुमले जिल्लाभरका सामुदायिक विद्यालयहरु बन्द गराएका छन् । स्थायी शिक्षकहरुको नियुक्तिका क्रममा आफुहरुलाई विस्थापित गराउन लागेको भन्दै एक साता अघि देखि विभिन्न आन्दोलनका कार्यक्रम तथा ध्यानाकर्षण गराउदै आएका उनीहरुले सोमबार देखि जिल्लाभरका सामुदाियक विद्यालयहरुमा पठन पाठन ठप्प पारेका छन् । स्थायी शिक्षक नियुक्तिको चर्चा सँगै अस्थायी तथा करार शिक्षक संघर्ष समिति नै गठन गरी संघर्षमा उत्रिएका उनीहरुले आफुले अध्यापन गर्ने विद्यालय नै बन्द गर्नु आफुहरुको बाध्यता रहेको बताएका छन् । जिल्लामा अस्थायी तथा करारमा कार्यरत शिक्षकहरुको पदस्थापनको टुंगो नलागे सम्म आन्दोलन जारी रहने संघर्ष समितिका सचिव प्रतिमा थपलियाले बताउनुभयो । शिक्षकहरुले नै विद्यालय बन्दको आव्हान गरेपछि जिल्लाभरका सामुदायिक विद्यालयको पठन पाठन प्रभावित भएको छ । आफुहरुलाई पढाउने शिक्षकहरु नै विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएपछि विद्यार्थीहरुमा पनि अन्योलता छाएको छ । शिक्षक सेवा आयोगले आयोगले लिएको परीक्षामा उत्तीर्णलाई स्थायी शिक्षक पदमा नियुक्तिका लागि सिफारिस गरिसकेपनि तेह्रथुममा हाल सम्म नियुक्ति हुन सकेका छैनन् । जिल्ला शिक्षा कार्यालयका अनुसार स्थायी शिक्षक नियुक्ति गर्दा जिल्लाबा ९२ जना अस्थायी तथा करार शिक्षकहरु विस्थापित हुने जनाएको छ । जिल्लाका अस्थायी तथा करार शिक्षकहरुले आफुहरुको गाँस बास नै प्रभावित हुने गरि सरकारले स्थायी शिक्षकहरुको नियुक्तिको निहुँमा विस्थापित गर्न लागेको भन्दै माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

 

प्रतिक्रिया