सुन्दर मुहारकाे लागि फेसवास किन अनिवार्य…

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ असार २०७५, बुधबार ०५:२६

फेश वास : फेश वास अनुहार सफा गर्न प्रयोग गरिन्छ । यसले अनुहारलाइ कुनै प्रकारको असर नगरी छाला सुन्दर तथा कान्तिमय बनाउछ । साबुन अनुहारका लागि निकै हानिकारक हुन्छ किनभने यसले अनुहारलाइ रुखो बनाइ दाग ल्याउछ । त्यसैले आफनो अनुहारको स्याहारका लागि फेशवास निकै उपयोगी छ । फेशवासले छालाको रोमछिद्र खुलाएर छालालाइ स्फुर्त बनाउछ । रोम छिद्र बन्द हुदा छालामा राम्ररी हावा प्रसार हुन पाउदैन । यसो गर्दा छालामा बिभीन्न समस्या पैदा हुन्छ । यस्ता समस्याहरुबाट फेशवासले बचाउछ ।

नेपाली बजारमा बिभीन्न फलेवर तथा प्याकमा फेशवास खरीद गर्न सकिन्छ । फलेवर अनुसार बिभीन्न सेन्ट तथा रंगका फेश वास अहिले बजारमा देखिएका छन । पार्टेबलदेखि ठूला मेजर प्याकहरुका फेशवास खरीद गर्न सकिन्छ । अनुहारको प्रकृतिअनुरुप फेश वास छनोट गर्नुपर्छ ।

अहिले बिशेषगरी एलोबेरा तथा पपैयाको फेशवासको माग अधिक छ । बिशेषगरी मेकअप गरेपछि तथा युवतीहरुका लागि फेशवास प्रयोग गर्नु अत्यावश्यक छ । हर्मोन परिवर्तन हुने बेलामा अनुहारको छालामा पनि विभीन्न परिवर्तन देखा पर्छ त्यसैले यसबेला राम्रो ब्राण्डको फेशवासले अनुहारमा सन्तुलन ल्याउन सकिन्छ ।

नेपाली बजारमा हिमालय ,लोटस , निभिया , क्लिन एण्ड क्लियर , आस्ताबेरी , जोकोज , एल्कोस , एभर युथ , लेक्मी , लोरियल , ग्रीन टि , जोय आदि ब्राण्डहरुले बजार लिएका छन । यो उत्पादनले गर्दा जनमानसहरुमा मुख धुनु पर्छ भन्ने सन्देश पनि फैलिएको छ । दिनभरी हिडदा घाम तथा प्रदूषणले बिगारेको अनुहार फेशवासको नियमित प्रयोगले स्वस्थ एवं चमकदार बन्छ । छालाका चिकित्सक तथा सौन्दर्यविद्हरु पनि फेश वास प्रयोग गर्न सल्लाह दिन्छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१