विश्वकपमा उरुग्वे र पोर्चुगल, स्पेन र रुस बीच अब अन्तिम १६ मा भिडन्त हुने ! कहिले र कति बजे हुने छ खेल ? हेर्नुस यस्तो छ समय तालिका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ असार २०७५, मंगलवार ०६:२६

काठमाडौं । २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा समूह ‘ए’ र ‘बी’बाट नकआउट चरणमा पुग्ने टिमको टुंगो लागेको छ। दुवै समूहका खेलहरु सकिएसँगै अन्तिम १६ मा पुग्ने टिमको टुंगो लागेको हो।

समूह ‘ए’ बाट उरुग्वे विजेता र आयोजक रसिया उपविजेता बन्दै अघिल्लो चरणमा पुगे। यस्तै समूह ‘बी’ बाट स्पेन समूह विजेता र पोर्चुगल उपविजेता बनेर अन्तिम १६ मा स्थान पक्का गर्न सफल भए। अब अन्तिम १६ मा समूह ‘ए’को विजेता उरुग्वे र समूह ‘बी’ को उपविजेता पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ। यस्तै अर्को खेलमा समूह ‘ए’ को उपविजेता रसिया र समूह ‘बी’ को विजेता स्पेनबीच प्रतिस्पर्धा हुनेछ।

उरुग्वे र पोर्चुगलबीच असार १६ गते राति पौने १२ बजे प्रतिस्पर्धा हुनेछ। यस्तै स्पेन र रसियाबीच असार १७ गते राति पौने ८ बजे भिडन्त हुनेछ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१