काठमाडौं । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा नयाँ सम्झौता नगरेको दावी गरेका छन्।नेता महतले विगतमा कांग्रेस नेतृत्वको सरकारले गरेको सहमति अनुसार नै पूर्वाधार विकास, चीनले अघि सारेको ‘वान बेल्ट, वान रोड’ लगायतका अवधारणालाई अघि बढाउन प्रधानमन्त्री ओलीको चीन भ्रमण केन्द्रित रहेको बताएका हुन्।
काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले पूर्वाधार विकास, तातोपानी नाका र रसुवा नाकामा पुल निर्माण गर्नेलगायतका समझदारी विगतकै निरन्तरता भएको उल्लेख गर्दै त्यसमा हौसिनुपर्ने अवस्था नरहेको तर्क पनि गरे।
नेता महतले चीनको लगानीबाट रेल सेवा संचालन गर्ने सरकारको योजनाले मुलुकलाई ऋणमा ढुबाउन सक्ने खतरा रहेको पनि औंल्याए।
कांग्रेस नेता महतले चीनसँग गरिएका समझदारी कार्यान्वयनका लागि अनुगमनको उचित व्यवस्था गर्न पनि प्रधानमन्त्री ओलीको गम्भिर ध्यानाकर्षण गराए।
प्रतिक्रिया