गर्मीबाट बच्न के गर्ने ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ असार २०७५, मंगलवार ०५:२८

मौषम अनुसार मनिसले लगाउने खाने समान फरक हुन्छ । यदि मौषम अनुसार आफुलाई अपगे्रड गर्न सकिएन भने मानिसमा धेरै समस्या देखापर्न सक्छन् ।

गर्मीमा घामले गर्दा छालामा धेरै समस्या देखापर्छन्। चर्को घामले छाला डढ्ने, मेकअप बग्ने, पसिना बढी आउने, चिलाउनेलगायत अनेकन समस्या पनि देखापर्छन्।

गर्मीले सबैभन्दा बढी असर महिलाहरूको मेकअपमा पार्छ। गर्मी मौसममा मेकअप धेरै समयसम्म टिक्न गाह्रो हुन्छ। केही कुरामा ध्यान राख्न सके गर्मीबाट हुने यस्ता समस्याबाट जोगिन सकिन्छ।

गर्मी मौसममा छालाको स्याहार गर्न गाह्रो हुन्छ। पसिनाले गर्दा मेकअप पनि धेरै समयसम्म नटिक्ने हुन्छ।यस्तो समस्याबाट जोगिन सकेसम्म पूरा बाहुला भएको पहिरन लगाउनुपर्र्छ। यसले शरीरको देखिने भागलाई घामबाट डढ्नबाट जोगाउँछ।

गर्मीमा सेतो वा हल्का रङका पहिरनको प्रयोग उचित हुन्छ। सनग्लास गर्मीमा नभई नहुने चिज हो। दिनमा सनग्लासको प्रयोग गरे पनि साँझसम्म निकाल्नुपर्छ। कपाललाई धेरै कस्सेर बान्नु हुँदैन। गर्मीमा कपाल भरसक छोटो राखेको नै राम्रो। छोटो कपाललाई स्याहार्न सजिलो हुन्छ।

गर्मीमा कपाल झर्ने समस्याले पनि त्यति नै सताउँछ। धेरै कपाल झरेमा नियमित तेल मालिस गर्ने र कपालमा दहीको प्रयोग पनि गर्न सकिन्छ।

कपालमा हाँगा फाँट्ने समस्या पनि त्यस्तै देखिन्छ। कपाललाई स्याम्पूले धोएपछि कागतीको रस वा गुलाबजल मिलाएको पानीले धुने। यसो गर्दा कपालमा पसिनाको गन्ध आउँदैन। यदि टाउको चिलाउने भयो भने छालारोग विशेषज्ञसँग सम्पर्क राख्नुपर्छ।

गर्मीमा धेरैभन्दा धेरै पानी पिउनुपर्छ। पानी पिउनाले शरीरको विषादी पसिना र पिसाबबाट बाहिर निस्कन्छ।

गर्मी मौसममा वाटरप्रुफ मेकअपको प्रयोग गर्नुपर्छ। कुनै पनि विवाह, समारोह वा पार्टीमा जाँदा धेरै भोल्टको लाइट हुने भएकोले, त्यस्ता लाइटले मेकअपमा चाँडै असर पार्छ र मेकअप लामो समयसम्म टिक्दैन। यस्तो समस्याबाट बच्न वाटरप्रुफ र राम्रो कम्पनीको सौन्दर्य प्रसाधनको प्रयोग गर्नुपर्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१