विश्वमै अब्बल ठहरिए नेपालका प्रहरी अधिकृतहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० असार २०७५, आईतवार १२:२४

काठमाडौं ।दक्षिण कोरियामा संयुक्त राष्ट्रसंघले सञ्चालन गरेको अन्तर्राष्ट्रिय तालिम युनाइटेड नेसन्स चाइल्ड प्रोटेक्सन कोर्समा सहभागी नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका अधिकृतहरू अब्बल ठहरिएका छन् । सो तालिममा नेपाल प्रहरीका उपरीक्षक सन्दीप भण्डारी र सशस्त्र प्रहरीका नायब उपरीक्षक सुरेश गैरेको समूह प्रथम भएको छ । विश्वका विभिन्न मुलुकबाट छानिएर आएका २२ जना वरिष्ठ अधिकृतमा नेपालबाट सहभागी समूहले सबैलाई पछि पारेको हो।

प्रहरी उपरीक्षक सन्दीप भण्डारी नेपाल प्रहरीमै इमानदार तथा उत्कृष्ट छवि बनाएका अधिकृतमा चिनिन्छन्। हाल नक्सालस्थित १ नम्बर सशस्त्र प्रहरी गणमा गणपतिका रूपमा कार्यरत भण्डारीले यसअघि मोरङ जिल्लामा रहँदासमेत निकै ख्याति कमाएका थिए। जिल्लाको समग्र शान्ति सुरक्षामा प्रभावकारी कार्य गरेका भण्डारीलाई मोरङमा अहिले पनि सम्झने प्रशस्तै छन् ।

सशस्त्र प्रहरीबाट सहभागी सशस्त्र प्रहरी नायब उपरीक्षक सुरेश गैरे पनि सशस्त्र प्रहरीका निकै क्षमतावान् अधिकृतको छवि भएका अफिसर हुन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१