चौथो अन्तर्राष्ट्रिय योग दिवस गोकर्णेश्वोर नगरपालिका,जया मल्टिपल र बोष्टर मिडियाको संयुक्त आयोजनामा भब्यताको साथ सम्पन्न (फोटो फिचर)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ असार २०७५, शुक्रबार ०५:३२

काठमाडौं । चौथो अन्तर्राष्ट्रिय योग दिवस  मुलुकभर योग र  विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँयो ।

गोकर्णेश्वोर नगरपालिका,जया मल्टिपल क्याम्पस र बोष्टर मिडियाको संयुक्त  आयोजनामा बिहान ७  बजेदेखि १०  बजेसम्म जया मल्टिपल क्याम्पसको प्रांगणमा १५० जनाको उपस्थितिमा  योग शिविर सञ्चालन भएको हो ।

नेपाल सरकारका  मन्त्रि दोय बन तथा बाताबरण मन्त्री शक्ति बहादुर बस्नेत र न्याय कानुन तथा संसदीय मामिला मन्त्रि शेर बहादुर तामांग सहित  सांसद कृष्ण राई, मेयर सन्तोष चालिसे ,उच्च पदस्थ अधिकारी, पत्रकार ,कलाकार ,प्राध्यापक कुटनीतिक नियोगका पदाधिकारी लगातयको उपस्थिति थियो।

कार्यक्रममा मन्त्री सहित बिशिष्ट व्यक्तिहरुले  बोल्दै योग दिवस पूर्वीय दर्शनको एउटा महत्वपूर्ण उपहारका रूपमा योगलाई विश्वसामू परिचित गराउनु आवश्यक रहेको बताए।

संयुक्त राष्ट्र संघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन सुरु गरेको हो।

अन्तर्राष्ट्रिय योग दिवस मनाउने सन्दर्भमा सन् २०१४ मा राष्ट्र संघको महासभामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव र नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गरेको समर्थनलाई विश्वका १ सय ७० भन्दा बढी देशले समर्थन गरिसकेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१