काठमाडौँ,३ भदौ । नेपाली चलचित्र क्षेत्रमा अर्की हट नायिकाको आगमन हुने भएको छ । ‘छड्के’ निर्देशक निगम श्रेष्ठले आफ्नो निर्माणाधीन चलचित्रबाट ती नायिकालाई भित्र्याउन लागेका हुन् । उनी हुन् सन् २०१२ की मिस नेपाल विजेता सृष्टि श्रेष्ठ ।
निर्देशक श्रेष्ठको अपकमिङ फिल्मबाट हिरोइनको रुपमा डेब्यु गर्न लागेकी सृष्टि फिल्मको तयारी स्वरुप हाल अभिनयको प्रशिक्षण लिन व्यस्त रहेकी छिन । सृष्टिलाई सुनिल पोखरेलले विशेष प्रशिक्षण दिईरहेका छन् ।
सृष्टिले मिस नेपाल भए लगत्तै भने हिरोइन नबन्ने बताउँदै आएकी थिइन् । ‘फिल्म मेरो प्रायोरिटी भित्र पर्दैन । बरु फेसनमा केही गर्छु,’ नेपाली फिल्म खेल्ने सम्भावनाका बारेमा सोधिएको प्रश्नमा सृष्टिले यस्तो जवाफ दिएकी थिइन् ।
निगमले निर्देशन गरेको ‘छड्के’ व्यवसायिक रुपमा सफल हुन नसके पनि व्यापक चर्चामा रहेको थियो ।
प्रतिक्रिया