जम्मु कश्मीरमा वरिष्ठ पत्रकारको गोली हानी हत्या

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ असार २०७५, शुक्रबार १२:०६

भारतको जम्मु कश्मीरमा वरिष्ठ पत्रकार एवम् ‘राइजिङ कश्मीर’ का सम्पादक शुजात बुखारीको हत्या गरिएको छ ।

आफ्नो कार्यालयबाट निस्कँदै गर्दा बुखारीमाथि बिहीबार गोली हानेर हत्या गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । चार जनाको समूहमा रहेको आतंकवादीले बुखारी चढेको गाडीमा अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।

बुखारीसँगै उनको गाडीमा रहेका अरु दुई जना गम्भीर घाइते भएका छन् । पत्रकार बुखारीसँगै उनका पीएसओ पनि मारिएका छन् । जम्मु कश्मीरकी मुख्यमन्त्री महबूबा मुफ्तीले बुखारीको हत्या भएको खेद प्रकट गर्दै दुःख व्यक्त गरेकी छन् । -एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१