बहिरो बिरालोले गरेको भविष्यवाणी मिल्यो, साउदी र रुसको बारेमा खेल अघिनै यस्तो थियो उसको भविष्यवाणी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ असार २०७५, शुक्रबार ०४:२७

काठमाडौं । सन् २०१० को विश्वकपमा अक्टोपस पलले भविष्यवाणी गर्न शुरू गरेदेखि जनावरहरूको भविष्यवाणी परम्परा जारी छ । यसपालीको विश्वकपमा अकिलिस नामक सेतो बिरालोले भविष्यवाणी गरेको थियो ।

नभन्दै उसले भविष्यवाणी गर्दै रुसको जित हुन्छ भनेको थियो मिल्यो पनि । उद्घाटनकै दिन आफ्नै घरेलु मैदानमा साउदी अरबलाइ ५(० ले सानदार रुपमा पराजित गरेको छ ।

विश्वकपमा म्याचअघिको आधिकारिक भविष्यवक्ताका रूपमा यो बिरालोलाई नामांकित गरिएको थियो । उसले पोहोरको कन्फेडेरेसन कपमा पनि भविष्यवाणी गरेको थियो ।

अकिलिस मानिससँगको सामीप्यका लागि जानिन्छ । ऊ जन्मँदै बहिरो थियो तर त्यसले झन् उसको भविष्यवाणी क्षमतालाई तिखारेको देखिन्छ ।

‘निर्णय गरिसकिएको छ, कागजपत्रमा हस्ताक्षर भइसकेको छ,’ हर्मिताज क्याट्सकी प्रेस सचिव मारिया खाल्तुनेनले मस्को टाइम्सलाई बताएकी थिईन ।

अकिलिस बिरालोले रुसमै भएको कन्फेडेरेसन कपमा तीनचौथाइ भविष्यवाणी सही मिलाएको थियो ।

प्रतियोगितामा आयोजक रसियाले सानदार जित हात पारेको छ। बिहीबार मस्कोमा भएको खेलमा रसियाले साउदी अरेबियालाई ५(० गोलको फराकिलो अन्तरले पराजित गरेको हो।

समूह ‘ए’ अन्तर्गतको खेलमा रसियाले साउदी विरुद्धको नियन्त्रणमा लिएको थियो। रसियाका लागि खेलको १२ मिनेटमा गाजिन्स्कीले गोल गर्दै अग्रता दिलाएका थिए। ४३ मिनेटमा चेरिसेभले दोस्रो गोल गरे।

त्यस्तै ७१ मिनेटमा डिज्यबाले रसियाका लागि तेस्रो तेस्रो गोल गरेका थिए। दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा चेरिसेभवले व्यक्तिगत दोस्रो गोल गर्दा रसियाको अग्रता ४(० मा पुगेको थियो।

यस्तै इन्जुरी टाइमको चौथो मिनेटमा गोलोभिनले रसियाका लागि पाँचौ गोल गरे। समूह ‘ए’ को पहिलो खेलमा शानदार जित हात पारेसँगै रसियाको दोस्रो चरण पुग्ने लक्ष्य सहज बनेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१