नेपाली उत्पादनमा भन्सार शुल्क ? घटना रहस्यमय बन्दै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ असार २०७५, शुक्रबार ०४:२२

नेपालगन्ज  । भारतबाट आयात गरिएको नेपालमा उत्पादित भनी बोरामा लेखिएको चामलको नेपालगन्ज भन्सार कार्यालयले भन्सार शुल्क लिई आयात गर्न दिईरहेको रहस्य अहिले सशस्त्र प्रहरी बलको सक्रियतामा पर्दाफास भएको छ ।
भारतबाट आयतत गरी भन्सार शुल्क बुझाई नेपालमा उत्पदित लेखिएको चामल भन्सार हाताबाट बाहिर जाने क्रममा सुराकीको आधारमा चेकजाँच गर्दा सशस्त्र प्रहरी बलका प्रमुख एवम् प्रहरी नायब उपरिक्षक सन्तोष विक्रम शाहसहितको टोलीले चेकजाँच गर्ने क्रममा उपकार र बजरंगी ब्राण्डका नेपाली उत्पादन लेखिएको ३ ट्रकमा लोड गरिएको ८४ हजार किलो चामल बुधबार राती पक्राउ गरी आफ्नो हिरासतमा लिएका थिए ।
नेपालमा उत्पादन र प्याकिंग गरिएको चामल कसरी भारतबाट आयात भयो ? चेकजाँच नै नगरी भन्सार शुल्क कसरी लिइयो ? कारवाही प्रक्रिया अघि नबढाई छोड्न नमिल्ने विषयमा बिहिबार विहान ३ घण्टाको लामो छलफल पछि सशस्त्र प्रहरीले पक्राउ गरेको चामल र ट्रक बिहिबार नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको छ ।
ट्रक नं. ना ६ ख ५२०७, ना ७ ख १२४४ र ना ७ ख १६१३ मा ८४ हजार जिरा मसिनो चामल आयतत गरिएको छ ।
नेपालगन्ज भन्सार कार्यालयले सशस्त्र प्रहरी बलले पेश गरेको रिपोर्टको आधारमा भन्सार विभागलाई पत्र पठाउने तथा विभागको निर्देशन अनुसार नै कारवाही अघि बढाउने बताइएको छ ।
चामल व्यवसायी गर्ने मध्ये केही समूह भन्सार विभागमा कुरा मिलाउन माथिल्लो निकायमा जानकारी गराई मिलाउनेतर्फ जोड दिनु पर्ने खालको दबाव दिइएको स्रोतले बताएको छ ।
यसैगरी नेपालगन्ज भन्सार कार्यालयमा रहेका एक पक्षले भने सशस्त्र प्रहरीले पक्राउ गरेको ३ ट्रकका चामल त्यसै छाडिनु पर्ने तर्क अगाडि सार्दै मिलाउने तर्फ लागिएको समेत स्रोतले बतायो ।
बोरामा छपाई भएको कोहलपुरस्थित शिव शिखर एग्रो प्रा. लि. को चामलको उद्योगको स्थापना नै भइनसकेकोले कसरी उत्पादन र प्याकिंग ग¥यो ? भन्ने विषयमा टिकाटिप्पणी समेत हुन थालेको पाइएको छ ।
उक्त जिरा मसिनो चामल भन्सार कार्यालयको मूल्यांकन अनुसार रु. ३१ प्रति केजीको विल अनुसार भन्सार राजस्व बुझाइएको छ भने खुला बजारमा सोही चामल थोक मूल्य रु. ६२ पाइने गरेको छ ।
एक केजीमा रु. ३१ फाइदा हुने तथा बार्षिक कति चामल आयात गर्ने गरिएको र सोही अनुसार आन्तरिक राजस्व कार्यालयमा आम्दानी कर बुझाएको छ वा छैन भन्ने विषयमा अनुसन्धान गर्नु पर्नेमा अहिले आवाज समेत उठ्न थालेको छ ।
एक लट चामल आयातमा करिब रु. २६ लाख मुनाफा देखिएको छ भने वार्षिक कति चामल आयात गरिएको विषयमा भन्सार कार्यालयको लिस्ट अनुसार मुनाफाको हिसाब गर्न सकिने एक पक्षको भनाई रहेको
छ ।
उक्त ब्राण्डका चामल हप्ताको २ वा ३ पटक आउने गरेको समेत स्रोतले बताउनुको साथै सोही चामल विभिन्न फर्मले आयात गर्ने गरेकोले यकिन थाहा नभएको बताइएको छ ।
सशस्त्र प्रहरीको सक्रियतामा बुधबार राती भन्सार राजस्व बुझाइएको ३ ट्रक बरामद गरिएको थियो भने भन्सार राजस्व नबुझाई भन्सार हातामा राखिएको ट्रक नं. ना २ ख ८२०७ मा
कुमारी रोयल ब्राण्डको ८ सय ४० बोरी ( २१ हजार केजी) चामल लोड गरी राखिएको छ ।
लोड अनलोड गर्दा समय लागेकोले बिहीबार मात्र भन्सार राजस्व बुझाएपछि हिड्ने ट्रक चालकले बताए ।
भारतबाट आयात हुने गरेका यस्ता चामलका ट्रकहरु बुटवल पुग्ने गरेको र बुटवलबाट चलानी कटाई अन्य जिल्लाहरुमा पठाउने गरेको विशेष स्रोतले दाबी गर्दै बतायो ।
उक्त बोरीमा कर्माचार्य फुड ग्रेन प्रा. लि. नाम उल्लेख गर्नुको साथै प्याकिंङ गर्ने कम्पनी ३ वटा रहेको र ती सबै कम्पनी उत्तर प्रदेश भारतको रहेको उल्लेख गरिएको भएतापनि एउटा कम्पनी गोरखपुर, अर्को हैदराबाद र तेस्रो कम्पनी पुणे रहेको स्रोतले दाबी गरेको छ ।
स्रोतका अनुसार ती तीन वटै प्याकिङ कम्पनीले नेपालको कुनै पनि फर्मको चामल प्याकिङ नगरेको ठोकुवासमेत गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१