काठमाडौं । इतिहासका पुस्तक पढ्ने हो भने अफ्रिकी मुलुक अंगोलाकी रानी एनजिंगा एमबांदी बहादुर तथा तेज मस्तिष्क भएकी योद्धाका रुपमा चिनिएकी छिन् ।
जसले १७ औँ शताब्दीमा अफ्रिकामा युरोपेली उपनिवेशविरुद्ध युद्ध लडेकी थिइन् । तर कतिपयले उनलाई एक क्रुर महिलाका रुपमा पनि हेर्न गर्दछन् ।
उनले सत्ताका लागि आफ्नै भाइलाई मृत्युको घाटसम्म पुर्याइन् । त्यति मात्रै होइन, उनले पुरुषहरुसँग यौन सम्बन्ध राखेपछि उनीहरुलाई जिउँदै जलाइदिन्थिन् ।
यति हुँदाहुँदै पनि इतिहासकारहरु एउटा कुरामा एक मत छन् कि रानी एनजिंगा अफ्रिकामा रुचाइएका महिलाहरुमध्येकी एक हुन् ।
एमबांदू समुदायकी नेता एनजिंगा दक्षिण पश्चिम अफ्रिकी देश एनदोंगो तथा मतांबाकी रानी थिइन् । तर स्थानीय किमबांदु भाषामा एनजिंगालाई एनगोला भन्ने गरिन्थ्यो । यो पुर्तगाली शब्द थियो ।
पछि यो क्षेत्रलाई नै अंगोला भन्न थालियो । यो इलाकाको नाम अंगोला पोर्चुगलका सैनिकले सुन र चाँदीको खोजीमा एनदोंगोमा आक्रमण गरेपछि मात्रै रहन गएको हो । जब उनीहरुले सुन र चाँदी पाएनन् ।
उनीहरुले ब्राजिललाई उपनिवेश बनाउँदै मजदुरहरुसँग व्यापार गर्न थाले । एनजिंगाको जन्म पोर्चुगलको आक्रमणको आठ वर्षपछि भएको थियो ।
उनले आफ्ना बुवा राजा एमबांदी किलुंजीसँगै बाल्यकालदेखि नै आक्रमणकारीहरुसँग सर्षघ गर्न थालेकी थिइन् । सन् १६१७ मा जब राजा एमबांदीको मृत्यु भयो उनका छोरा एनगोला एमबांदीले सत्ताको बागडोर सम्हाले । तर उनीसँग बुवामा भएको चातुर्यता तथा बहिनीको जस्तो बुद्धी थिएन ।
एनगोला एमबांदीलाई यो डर थियो कि उनकी बहिनीका मान्छेले नै उनीविरुद्ध षड्यन्त्र गरिरहेका छन् । त्यसैले एनगोलाले एनजिंगाका छोरालाई मृत्युदण्ड दिने घोषणा गरे ।
तर नयाँ राजा नै युरोपेली आक्रमणको सामना गर्न असफल हुँदै गएको अवस्थाा एनगोला एमबांदीले आफ्ना करिबीहरुको सल्लाह माने ।
पोर्चुगलविरुद्ध सम्झौताको राजनीति स् राजा एनगोलाले आफ्नी बहिनीसँग सत्ता साझेदारी गरेर भए पनि पोर्चुगलविरुद्ध लड्न चाहेका थिए ।
बहिनी एनजिंगा पुर्तगाली भाषाको ज्ञाता तथा एक प्रतिभाशाली रणनीतिकार पनि थिइन् ।
एनजिंगा युरोपेलीहरुसँग कुराकानी गर्न लुआंडा पुगिन् । उनले त्यहाँ श्वेत, अश्वेतलगायत थुप्रै समुदायका मान्छे भेटिन् । त्यहाँ ठूला–ठूला जहाजमा अफ्रिकी नागरिकलाई दास बनाउनका लागि लगेको दृष्यले उनलाई झस्कायो ।
जब पोर्चुगलका गभर्नर जोआओ कोरिए डे सोउसासँग शान्ति वार्ताको प्रंसगमा भने इतिहासकारले थुप्रै टिप्पणी गरेका छन् । एनजिंगालाई गरिएको व्यवहारको टिप्पणी भैरहेको हुन्छ । त्यहाँ पुर्तगालीहरु आरामदायी कुर्सीमा बसेका थिए तर एनजिंगालाई भुइँमा बस्ने व्यवस्था गरिएको थियो । यो देखेर उनले केही भनिनन् ।
एनजिंगाले केही नभनी आफ्ना एक जना नोकरलाई इशारा गरिन् । उनको इशारा देख्नेबित्तिकै नोकर आफ्नो शरीरलाई कुर्सी झैँ बनाएर अगाडि बसे ।
एनजिंगा नोकरको ढाडमा बसिन् । त्यसपछि उनी गभर्नरको बराबरको उचाईमा पुगिन् । एनजिंगाले गभर्नरलाई यो पनि भनिन् कि उनी बराबरीको रुपमा वार्ता गर्न आएकी थिइन् ।
लामो वार्तापछि पोर्चुगलको सेना एनदोंगो छाड्न सहमत भयो ।
साथै अंगोलालाई एक सार्वभौम मुलुकका रुपमा स्वीकार्न पनि सहमत भयो । तर एनजिंगा यस क्षेत्रलाई व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न भने दिने सहमत भइन् ।
पोर्चुगलसँग सम्बन्ध सुधारका लागि एनजिंगाले इसाई धर्म पनि स्वीकार गरिन् । त्यसपछि उनको नाम एना डेसूजा भयो । त्यसबेला उनको उमेर ४० वर्ष थियो । तर यो सहमति धेरै समय टिकेन । फेरि संघर्ष सुरु भयो ।
जब एनजिंगा रानी बनिन् स् सन् १६२४ मा उनका भाइ एउटा सानो टापुमा गएर बस्न थाले । उनको त्यहीँ मृत्यु पनि भयो ।
एनजिंगाको भाइको मृत्युबारे तरहतरहका तथ्यहरु सार्वजनिक भएका छन् । केहीले एनजिंगाले आफ्नो छोराको हत्याको बदला लिन भाइलाई विष दिएर हत्या गरेको समेत भनेका छन् ।
कसैले भने एनजिंगाका भाइले टापुमा गएपछि आत्महत्या गरेको बताएका छन् । तर यसैबीच एनजिंगाले पोर्चुगलको सेना र केही आफ्ना मान्छेकै चुनौतीको सामना गर्दै एनदोंगोकी पहिलो रानी बनिन् ।
अंगोलाको नेसनल लाइब्रेरीका निर्देशक जाओ पेड्रो लोरेन्कोका अनुसार युगौँदेखि जारी महिला शोषणविरुद्ध एनजिंगाका एक मुखर आवाजका रुपमा परिचित भएकी छिन् ।
पोर्चुगलकी लेखिका जोस एडुआर्डो अगुआलासा भन्छिन्, ‘रानी एनजिंगा युद्ध भूमिमा एक महान योद्धा मात्रै थिइनन्, उनी एक महान रणनीतिकार तथा कुटनीतिज्ञ पनि थिइन् ।’
उनी पोर्चुगलविरुद्ध लडिन् । हल्याण्डसँग मित्रता कायम गरिन् । त्यस्तै अरु कुनै मुलुकसँग लड्नु परेमा फेरि पोर्चुगलसँगै सहयोग लिन पनि उनी पछि हट्दिनथिन् ।
यौन दासीको प्रसंग स् फ्रान्सेली दार्शनिक मार्किस दे सादेले इतालवी मिसनरी गिओवनी कावेजीका कथामा आधारिक पुस्तक ‘द फिलोसोफी अफ् द ड्रेसिङ टेबल’ लेखेका छन् । यसमा कावेजीले दावी गरेका छन् कि एनजिंगा आफ्ना प्रेमीलाई यौन दासीका रुपमा काम लगाउँथिन् ।
साथै शारीरिक सम्पर्कपछि उनले आफ्ना प्रेमीलाई जलाएर मारिदिन्थिन् । रानी एनजिंगाको ‘अड्डा’ लाई चिबदोस भनिन्थ्यो । त्यहाँ बस्ने पुरुषहरुलाई महिलाले लगाउने लुगा लगाउन दिइन्थ्यो ।
साथै रानी त्यहाँ रहेका कुनै पुरुषसँग सम्पर्क गरेका बेला अन्य पुरुषलाई एकआपसमा लडाउने पनि गर्थिन् ।
कावेजीले गरेका दावीहरु दोस्रो पक्षबाट लिइएका जानकारीहरुमा आधारित छ । इतिहासकारहरु भने रानी एनजिंगाका बारेका थुप्रै भर्जनका किस्सा रहेको मान्दछन् । –बीबीसीबाट
प्रतिक्रिया