यातायात व्यवस्था विभागको अनुसार विभागले थप ४ वटा छपाई प्रिन्टर मेसिन ल्याएसँगै अब चालक अनुमतिपत्र लिनका लागि महिनौं कुर्नुपर्ने बाध्यता हट्ने भएको छ । यसअघि विभागसँग ५ वटा मात्र छपाई मेसिन हुँदा मागबमोजिम छपाई गर्न सकेको थिएन ।
तर, ४ वटा आधुनिक प्रविधिसहितको प्रिन्टर मेसिन सञ्चालनमा आएपछि अब दैनिक ५ हजार स्मार्ट कार्ड छपाई हुने विभागले बाताएको छ ।
अबको दुई महिनापछि सेवाग्राहीले एक महिनाभित्र नै स्मार्ट लाइसेन्स प्राप्त गर्न सक्ने यातायात व्यवस्था विभागले जनाएको छ ।
प्रतिक्रिया