काठमाडौं । सरकारले व्यावसायिक रुपमा कृषि गर्ने किसानलाई सहुलित ब्याजदरमा ऋण उपलब्ध गराउने ब्यवस्था गरेपछि कृषि पेशामा आकर्षण बढेको छ ।
अहिलेसम्म ५ हजार ९ सय ७४ जनाले ६ अर्ब ४५ करोड ८१ लाख रुपैयाँ सहुलियत दरको ऋण लिइसकेको नेपाल राष्ट्र बैंकले बताएको छ ।
कुनै पनि किसानले सरकारले तोकेको कृषि पेशा गर्न चाहेमा उसले बैंकबाट ५ प्रतिशत ब्याजदरमै ऋण पाउने व्यवस्था सरकारले मिलाएपछि कृषिमा युवाको आकर्षण बढेको छ ।
कृषि उत्पादन बढाउन, कृषिलाई आधुनिकिकरण तथा व्यावसायिकरण गर्न र युवाहरुलाई कृषि क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले तत्कालीन ३ वर्षअघि नै सरकारले सस्तो ब्याजदरमै ऋण उपलब्ध गराउने घोषणा गरेको थियो । त्यसका लागि व्याज अनुदानका दिन १ अर्ब रुपैयाँ बजेट छुट्याइएको थियो ।
राष्ट्र बैंकका उच्पदस्थ कर्मचारीहरु भने युवा किसानहरुले ऋण लिने गरेको र कृषिमा युवा व्यावसायीक रुपमा लागेको बताउँछन् । यसलाई कृषिमा उपलब्धिको रुपमा उनीहरु ब्याख्या गर्दैआएका छन् । साथै राष्ट्र बैंकको अनुदान लिनका लागि भनी केही व्यवसाय नै तोकिएको छ । तिनै व्यवसायका आधारमा युवाहरुले अनुदान लिँदैआएका हुन् ।
अनुदानका लागि योग्य कृषि व्यवसायहरू :
१, तरकारी उत्सपादन, प्रशोधन तथा भन्डारण
२, विउ विजन उत्सपादन, प्रशोधन तथा भन्डारण
३, पुष्प व्यवसाय
४, पशुपंक्षीपालन
५, फलफूल उत्सपादन, उत्सपाडदत फलफुलको प्रशोधन तथा भन्डारण
६, दुग्ध उत्पादन, प्रशोधन र बिक्री वितरण तथा प्रशोधन र षविी षवतरण
७, मत्सस्यपालन उत्सपाडदत माछाको भन्डारण विक्री वितरण
८, च्याउ उत्सपादन प्रशोधन तथा भन्डारण
९, पशु बधशाला एवं मासुजन्य उत्पादन व्यवसाय
१०, जडिवुटी उत्सपादन प्रशोधन र भन्डारण
११, उखु खेती, अलैंची खेती, अदुवा खेती, त्यसको भन्डारण तथा प्रसोधन
१२, नेपाल सरकारले समय समयमा थप गरेका अन्त्य कृषि व्यवसायहरू
माथि उल्लिखित शिर्षककै आधारमा किसानले अनुदान लिन मिल्ने व्यवस्था छ । र सो व्यवस्था सहज भएको पनि राष्ट्र बैंकका उच्चपदस्थ कर्मचारीहरु बताउँछन् ।
व्याज अनुदानस्वरुप प्रदान गरिने रकम उपलब्ध गराउने प्रयोजनका लागि सरकारले राष्ट्र बैंकमा ‘कृषि कर्जा व्याज अनुदान शोधभर्ना’ खाता खोलेको छ । सो खातामा अर्थ मन्त्रालयमार्फत आवश्यक रकम जम्मा भइसकेको छ ।
सोही रकमबाट राष्ट्र बैंकले व्याज अनुदान बितरण गरेको हो । तर युवा किसानहरुले यही विधि अनुरुप आफ्नो व्यवसाय संचालन गरी अनुदानका लागि निवेदन गर्नुपर्नेछ ।
प्रतिक्रिया