काठमाडौं । काठमाडौंमा घोडाचढी खेलमा रमाउनेहरुका लागि हर्स राईडिङ सेवा सञ्चालनमा आएको १ बर्ष पुरा भएको छ ।
काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका वडा न ७ बाँसबारीमा रहेको बग्गी एण्ड हर्स राईडिङ कम्पनीले हर्स राईडिङ सेवा संचालनमा ल्याएको हो ।
बग्गी एण्ड हर्स राईडिङ अन्र्तगत काठमाण्डौका बिभिन्न पर्यटकीय तथा धार्मिक क्षेत्रहरु पशुपतिनाथ, बौद्ध, स्वयम्भु लगायतका क्षेत्रका साथै पर्यटकको रुचीअनुसार उपत्यका बाहिरका क्षेत्रमा पनि घोडाबाटै जाने आउने साथै बिबाह, बर्तबन्ध बिभिन्न सुभ कार्यमा समेत भाडामा उपलब्ध रहेको बताइएको छ ।
काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका वडा न ७ बाँसबारीमा घोडा राख्न पाइदैन भन्दै वडा न ७ का अध्यक्ष र बुढानिलकण्ठ नगरपालिकाकाका उपमेयर सहितका कर्मचारी हटाउन पुग्दा व्यापार व्यवसायमा पंचायात सासन जस्तो गरि आफ्नो ब्यबसयालाई नराख भन्दै हटाउन पुगेपछि बग्गी एण्ड हर्स राईडिङ कम्पनीका संचालकहरु अदालत पुगेका छन् ।
कम्पनीका सबै युवाहरु रहेको र आफ्नै देशमा केहि गरौ भन्ने उदेश्य बोकेर लगानी गरेर नया ब्यबसाय सुरु गरेकोमा राज्यले युवाहरुलाई प्रोत्साहन दिनुको सट्टा निरुत्साहित बनाएको दुखेसो ब्यक्त गरेका छन् ।
उच्च अदालत पाटनले बुढानिलकण्ठ नगरपालिकाकालाई कडाइका साथ केहि नगर्नु र नगराउनु भन्दै आदेश जारि गरेको छ हेर्नुस आदेशको पूर्ण पाठ सहित :
प्रतिक्रिया