संसारकै अनौठो बैँक, जसले पैसाको कारोबार नगरी प्रेम कहानी जम्मा गर्दै आएको छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ जेष्ठ २०७५, शनिबार ०५:५६

एजेन्सी । सबैलाई थाहा भएकै कुरा हो बैंकमा पैसाको मात्र कारोबार गरिन्छ । स्लोभाकियाको बन्स्का स्टिभनिका सहरमा रहेको एउटा अनौठो बैँक अहिले प्रेमकथा संकलनका कारण चर्चामा छ । बैंकको नाम नै लभ बैंक राखेर सुरु गरिएको यहाँ हरेक वर्ष भ्यालेन्टाइन डे को अवसरमा विशेष प्रदर्शनीको अयोजना गर्ने गरिन्छ ।

विश्वको सबैभन्दा लामो प्रेम कविता मरिनाको स्मरणमा यो बैंकको स्थापना गरिएको डेलमेलले लेखेको छ । अन्तराष्ट्रिय समाचार स्रोतहरुका अनुसार हरेक वर्षको भ्यालेन्टाइन डे मा उक्त बैंकमा ठूलो संख्यामा प्रेमजोडीहरु आउँछन्, त्यहाँ अन्तरक्रियात्मक प्रदर्शनी हुन्छ ।

प्रेमजोडीहरुले आफ्नो लिखित प्रेम कहानीहरु त्यहाँ डिपोजिट गर्दछन् र पुराना किस्साहरु पनि नियालेर हेर्ने गर्दछन् । जहाँ रहेको लभ मिटरमा प्रेमील जोडीहरुले आ आफ्नो प्रैमको मापन पनि गर्ने गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१