प्रतिव्यक्ति साडे ६ लाख ठगेर फरार भट्टराई काठमाडौँबाट पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ जेष्ठ २०७५, बिहीबार ०५:२९

काठमाडौँ  ।  नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले गैरकानूनी रुपमा टर्की, इजिप्टलगायत मुलुक पठाउने व्यक्तिलाई पक्राउ गरेको छ । महाशाखाको टोलीले विभिन्न प्रलोभन पारेर गैरकानूनी रुपमा अष्ट्रेलिया र क्यानडासमेत जान मिल्ने भनी प्रतिव्यक्ति रु छ लाख ५० हजारका दरले ठगेर फरार चितवनका २९ वर्षीय निरञ्जन भट्टराईलाई मंगलबार भृकुटीमण्डपबाट पक्राउ गरी  सार्वजनिक गरेको हो । भट्टराईले प्रतिमहीना ७५० अमेरिकी डलर तलब हुने भनी प्रलोभनमा पारेर नक्कली कागजात बनाई ठगी गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।

उनलाई मानव बेचबिखन तथा ओसारपसार र ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप भई अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१