पेट्रोलियम पदार्थको मूल्य अझै बढ्न सक्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ जेष्ठ २०७५, बुधबार ११:१८

काठमाडौँ । नौ महिनादेखि निरन्तर आकालो लागेको पेट्रालियम पदार्थको मूल्य अझ बढ्दै जाने सम्भावना छ । २०७४ असोज १६ गतेदेखि पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढी रहेको छ । त्यसबेला पेट्रोल प्रतिलिटर ९८ रुपियाँ थियो भने अहिले ११३ रुपियाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टीतेल ७४ बाट ९५ पुगेको छ । मूल्य घट्नुभन्दा पनि बढ्ने सम्भावना रहेको नेपाल आयल निगमको दाबी छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनु तथा अमेरिकी डलरको सटही दर वृद्धि हुनु पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुने प्रमुख कारण हुन् । हाल अन्तर्राष्ट्रिय बजारमा भने कच्चा पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

पेट्रालियम पदार्थको मूल्य निरन्तर वृद्धि हुँदा उपभोक्ता मर्कामा परेका छन् तर नेपाल आयल निगमले पनि घाटा बेहोरिरहेको छ ।  कुनै बेला लामो समय मूल्य स्थिर रहे पनि २०५४ सालयताको तथ्याङ्क हेर्दा निरन्तर बढी रहेको छ । हालको मूल्यवृद्धि विगतलाई हेर्दा उच्च वृद्धि मान्न सकिन्न । २०७० चैत ३० गते मूल्य समायोजन हुँदा पेट्रोल प्रतिलिटर १४० रुपियाँ पुगेको थियो भने डिजेलको मूल्य १०९ रुपियाँ थियो । यो अहिलेसम्मकै उच्च मूल्य हो । त्यतिबेला ११३ बाट एकैचोटि १० रुपियाँ वृद्धि गरी १४० पु¥याइएको थियो । २०५४ जेठ अन्तिममा पेट्रोलको मूल्य ३९ रुपियाँ थियो । भारतीय आयल कर्पोेरेसनसँग हरेक ५÷५ वर्षमा नेपाल आयल निगमले सम्झौता गर्दै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१