नेयमारलाई रियल मड्रिडले भित्र्याउने पक्का, भव्य स्वागतको तयारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ जेष्ठ २०७५, बुधबार ०५:३३

काठमाडौं । स्पेनिस महारथी रियल मड्रिडले पेरिस सेन्ट जर्मेनका स्टार स्ट्राइकर नेयमारलाई स्वागत गर्ने तयारी गरेको छ । केही महिना यता नेयमारलाई भित्र्याउने कोशिस थालेको रियलले जुन सुकै मूल्यमा पनि नेयमारलाई क्लबमा ल्याइ छाड्ने तयारी गरेको स्पेनिस प्रत्रिका एसले दावी गरेको छ ।

पछिल्लो महिना नेयमारका पिता तथा एजेण्ट नेयमार सिनियरले पिएसजीलाई छोराले तुरुन्तै क्लब छोड्न चाहेको बताएका थिए । उनले गत डिसेम्बरमा रियलका निर्देशकसँग भेटेका थिए । रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले नेयमारलाई २०१३ मै भित्र्याउन आफुले कोशिस गरेको बताएका थिए । तर पेरजको प्रस्ताव अस्विकार गर्दै नेयमार बार्सिलोना गएका थिए ।

रियलका खेलाडी समेत अर्को सिजन नेयमारसँग खेल्नका लागि उत्साहि भएको समचारमा उल्लेख छ । रियलका क्याप्टेन रामोसले भनेका छन्, ‘मलाई सबैभन्दा राम्रो नेयमार रियलमा हुँदा लाग्नेछ ।’ अर्का खेलाडी डानी कार्जभालले नेयमार एक महान खेलाडी भएको बताएका छन् । नेयमारका ब्राजिलियन टिममेट मार्सेलो र कासिमिरोले भनेका छन्, ‘सर्वोकृष्ट खेलाडीले रियलबाट खेल्न जरुरी छ । उनले एक दिन त्यो गर्नेछन् ।’ कासिमिरोले नेयमारका लागि रियलको ढोका सँधै खुला रहेको बताएका छन् ।

लुका मड्रिकले नेयमारलाई गत आइतबार ब्राजिल र क्रोसियाबीचको खेल पछि जर्सी साट्दै रियल आउन आग्रह गरेका छन् । नेयमार गत सिजन बार्सिलोनाबाट १९८ मिलियन पाउण्डमा पिएसजी गएका थिए । पछिल्लो समय पिएजीका फवार्ड लिग वान छोडेर पुनः ला लिगामा फर्कने दावी गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१