यी हुन् संसारका १० अचम्मलाग्दा र सुन्दर पुल (तस्विर सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ जेष्ठ २०७५, बुधबार ०५:३१

काठमाडौं ।  पुल वास्तवमा आवगमनका लागि अत्यावश्यक चिज हो, दुई किनारालाई जोड्न । सामान्यतया यो एक संरचना हो, जसले सडक, नदी र खोँचलाई जोड्ने काम गर्छ । संसारमा लाखौं पुलहरू छन्, जुन विषेश उद्धेश्यका सेवाका लागि डिजाइन गरिएका छन् । कुनै पैदल यात्रीका लागि बनाइएका छन्, कुनै सवारी साधनका लागि त कुनै ठूला नदी पार गर्न र यातायात जाम कम गर्नका लागि बनाइएका छन् । लामो समय लगाएर धेरै पुल निर्माण भएका छन् ।

केही बर्षपहिलेसम्म पुल निर्माणको काम कठिन थियो । तर नयाँ प्रविधीको विकाससँग यसलाई सहज बनाइदियो । त्यती मात्रै होइन पुललाई विभिन्न मोडल र डिजाइनमा बनाउन सकिन्छ । नयाँ प्रविधीबाट निर्माण गरिएका पुल निकै सुन्दर हुन्छन् । तिनीहरूले प्राकृतिक सुन्दरतालाई थप बढवा दिएका छन् ।

हेर्नुहोस् संसारका सुन्दर र अचम्म लाग्दा पुल

१०. नानपू ब्रिजः संघाई, चीन

यो संसारको दशौं आश्चर्यजनक र सन्दर पुल हो । केवल–स्टेड उक्त पुल निक्कै आधुनिक रहेको छ । यो पुल लगभग ४२८ मिटरमा फैलिएको छ । यो संसारको ५७ औं सबैभन्दा लामो केबल–पुल हो । सो पुल सांघाई अर्बान कन्स्ट्रक्टिभ डिजाइन इन्स्टिच्युट, कलेजले नविन आइडियाका साथ डिजाइन तयार गरेको हो ।

९. टावर ब्रिजः लण्डन, इंग्ल्याण्ड

लण्डनको टावर ब्रिज १८८० को दशकमै बनेको निक्कै कलात्मक र आकर्षिक पुल हो । टावर ब्रिल सन् १८८६ देखि १८९४ को बीचमा बनाइएको हो । यो पुल टावर अफ लण्डन नजिकै थेम्स नदि माथि बनेको छ । यो ब्रिजको उद्घाटन वेल्सका राजकुमारले १८९४ मा गरेका थिए । टावर ब्रिज सहरको मुख्य आकर्षणको रुपमा रहेको छ ।

 

८. सिङ मा ब्रिज, हङकङ

सिङ मा ब्रिजको नाम दुई टापूहरु सिङ यी र मा वानबाट राखिएको छ । यो पुल हङकङको एघारौं लामो स्पान सस्पेन्सन ब्रिज हो । यो निर्माण सम्पन्न हुँदा दोस्रो लामो थियो । सिङ मा पुलमा करिब १३ सय ७७ स्पान मिटर रहेको छ ।

७. गेटसेड मिलेनियम ब्रिज, बेलायत

दश अचम्म लाग्दा पुलको सूचीमा बेलायतको गेटसेडमा रहेको गेटसेड मिलेपनयम ब्रिज सातौ स्थानमा रहेको छ । यो पुललाई सामान्य तथा ब्लिङकिङ आइ ब्रिज पनि भन्ने गरिएको छ । गेटसेड मिलेनियम ब्रिज बांगो आकारको छ । यो पुलले टाइनि रिभरमाथि रहेर गेटसेडको क्वेज र साउथ ब्याकलाई जोडेको छ । उक्त पुल बेलायती महारानी एलिजावेथले औपचारिक रुपमा सन् २००२ मा उद्घाटन गरेकी हुन् ।

६.मिलउ भिडुक्ट, फ्रान्स

यो पुल स्पेन र पेरिसबीच बिदाको दिनमा हुने ट्राफिक जामलाई मध्यनजर गरि निर्माण गरिएको हो । मिलउ भिडुक्ट विश्वकै अग्लो केवल—स्टेयड पुल हो ।

 

५. पोन्ट भेक्चिओ, इटाली

 

इटालीको अर्नो नदीमा मध्यकालिन युगमा ढुंगाबाट बनेको क्लोज–स्पेन्ड्रल पुल हो । यो पुलमा भएका आर्ट डिलर, ज्वेलरी र सोभिनियर बिक्रेताका कारण पनि चर्चित छ । यो पुलले यस अर्थमा पनि इतिहास बोकेको छ कि यो दोस्रो विश्ययुद्ध समेत जोगिएको हो । यो पुल युरोपकै पुरानो पुल हो नै सम्भवत विश्वकै पनि ।

 

४. पोन्ट डू गार्ड, फ्रान्स

पोन्ट डू गार्डमा रोकिनु होस र विश्वका अचम्म लाग्दा पुल बारे जान्न चाहनेले यो पुल बारे बुझ्नै पर्छ । यो पुलले रोमन साम्राज्यको इतिहास पनि बोकेको छ । गार्डन नदी माथि रहेको यो पुल भर्स पोन्ट डू गार्ड सहर नजिक छ र रोमन सभ्यतामा बनेको सबैभन्दा अग्लो संरचना हो । यो पुल १९ बीसीमै बनेको विश्वास गरिन्छ । युनेस्कोले यो पुललाई विश्व सम्पदा सूचीमा सूचिकृत गरेको छ ।

 

३. अकाशी–कइक्यो वा पर्ल ब्रिज, जापान

विश्वका अकल्पनिय १० पुलको सूचीमा तेस्रो स्थानमा रहेको जापानको अकाशी–कइक्यो वा पर्ल ब्रिज हो । सबैजसो मानिसले यो पुललाई पर्ल ब्रिजकै रुपमा चिन्ने गरेका छन् । यो विश्वको सबैभन्दा लामो सस्पेन्सन ब्रिजका रुपमा रहेको छ । यो पुल बनाउन १२ वर्ष लागेको थियो ।

 

२. सिड्नी हार्बर ब्रिज, अष्ट्रेलिया

अष्ट्रेलियाको सिड्नीमा रहेको सिड्नी हार्बर ब्रिजको आर्क आधारित डिजाइनका कारण यो पुललाई द कोट ह्यांगर उपनामले समेत चिनिन्छ । यो पुलको डिजाइन केही लचकतामा आधारि समेत रहेको छ सिड्नी हार्बरमा पैदल यात्री, साइकल, अन्य सवारीसाधन र रेल समेत संचालन गर्न सकिन्छ । सन् १९३२ मा बनेको यो पुल अष्ट्रेलियाको केन्द्र बिन्दूकै रुपमा रहेको छ ।

१. गोल्डेन गेट ब्रिज, अमेरिका

 

गोल्डेन गेट ब्रिज अमेरिकाको सन फ्रान्सिस्कोमा रहेको छ । यो विश्वका उत्कृष्ट १० पुलको सूचीमा पहिलो स्थानमा रहेको छ । यो पुल उक्त सूचीमा संधै पहिलो स्थानमै रहने गरेको छ । करिब ७५ वर्ष पहिले निर्माण भएको यो पुललाई अमेरिकी इन्जिनियरहरुले आधुनिक विश्वको चमत्कारका रुपमा चित्रण गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१