संसारको १० सुन्दर चिया बगानको सुन्दर बयान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ जेष्ठ २०७५, बुधबार ०५:१७

भनिन्छ, मात्र एक कप चियाले बिहानको शारीरिक स्फूर्ती एवं रमझम साँझको पललाई थप दुईगुणा आनन्दित बनाइदिन्छ । चियाका पारखी तपाईं हामी इलाम र झापाको चियान बगानको व्याख्या र प्राकृतिक सौन्दर्यताको बारेमा धेरथोर जानकार नै छौं । छुट्टी मनाउन इलाम नपुग्नेहरु आजकल कमै भेटिन्छन् । पूर्वेली पर्यटन प्रवद्र्धनका लागि इलामको चिया बगानले मुख्य भूमिका निर्वाह गरेको छ भन्दा बढी पटक्कै हुँदैन ।

तर, के तपाईंलाई थाहा छ, कि कैयौं चिया बगान नै यस्ता छन्, जसको सुन्दरताको बयान पुरै विश्वभर गरिन्छ ? आउनुहोस, हामी तपाईंहरुलाई यस्ता चिया बगानमा घुमाउन लैजादैछौं, जहाँको सुन्दरता देखेर तपाईं पनि मन्त्रमुग्ध बन्नुहुनेछ ।


मलेसियाको पहाङ राज्यको केमरन हाइल्याण्डमा निकै पानी पर्ने गर्छ । र, पानी परेपछिको सुन्दर दृश्य देख्न सकिन्छ यो चियावगानमा । यो चिया बगान सन् १९२९ मा रोपिएको थियो । यहाँ मलेसियाको सबैभन्दा ठूलो चिया प्रशोधन केन्द्र रहेको छ । विश्वभरका पर्यटकलाई यो चियाबगानले आकर्षित गर्ने गरेको छ ।

 


भारतको केरला राज्यको मुन्नरमा रहेको चिया बगान हेर्न पनि वर्षमा लाखौं पर्यटक पुग्ने गर्छन् ।

 


दक्षिण कोरियाको राजधानी सियोलबाट लगभग ३९७ किलोमिटर टाढा रहेको छ बोजुङ टि गार्डेन ।

 


नलिन काउन्टी, ताइवानको झाँग हु गाउँको चिया बगानमा फैलिएको हरियाली । यो गाउँ चिया एवं कफी उत्पादनका लागि परिचित छ ।

 


केन्या को किरिचो बाहिर रहेको टी प्लान्टेशनमा रहेका कर्मचारी चियाको पत्तीलाई यसरी मिलाउँदै छन् ।

 


चीनको हुवेई प्रान्तमा रहेको हरभरा चिया बगान । यो बगानबाट स्प्रिङ चियाको पत्तालाई महिलाहरुले मिलाउँदै छन् ।

 


चीन कै सिचुआन प्लान्टेशनमा रहेको कियांग इथनिक मायनोरिटीको चियाका पात ।


रुवाण्डाको राजधानी किगालीस्थित मुलिन्दी चिया बगानमा चियाको पात मिलाउने प्रक्रिया चल्दैछ ।

 


भारतको त्रिपुरा राज्यको राजधानी अगरतलाको दुर्गाबाड़ी चियाबगान घुम्न लायक चिया बगान मध्ये एक हो ।

 


चीनको अनहुई प्रान्तको स्यूनिङ काउन्टीमा उत्पादित गुलदाउदीको फूल मिलाउँदै मजुदर । गुलदाउदी फुलबाट चीन एवं विश्व बजारका लागि चिया एवं अन्य पेय पदार्थ बन्ने गर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१