तथ्यसहितका वृहत योजना पेश गर्न प्रधानमन्त्रीको मन्त्रीहरुलाई निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ जेष्ठ २०७५, मंगलवार ११:१९

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मन्त्रालय र विभागहरुलाई तथ्यांकसहित वृहत योजना बनाउन निर्देशन दिएका छन्। देशको आवश्यकतालाई बुझेर तथ्यसहित विस्तृत कार्ययोजना बनाएर पेश गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन्।

सोमबार राष्ट्रिय विकास समस्या समाधान समितिको ४२ औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री ओलीले सरकारले देशलाई विकासकोे नयाँ गतिमा लैजान खोजेको बताए। ‘अब सबै कामलाई विगतको निरन्तरता होइन’, प्रधानमन्त्री ओलीले भने, ‘हरेक कामलाई नयाँ ढंगले वृहत सोचाइका साथ अघि बढाउनु पर्छ।’

सरकारले लक्ष्य राखेको समृद्ध र विकास हासिल गर्नका लागि ‘मोडालिटी,भिजन र एट्टिट्यूड’मा परिवर्तन गर्नै पर्नेमा प्रधानमन्त्री ओलीको जोड छ।

सरकारको नीति तथा कार्यक्रमले देश विकासको लक्ष्य निर्दिष्ट गरेकोले त्यसलाई कार्यन्वयन गरेर विकास र समृद्धि हासिल गरिने प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१