कस्ता बहाना बनाउँछन् त महिलाहरू यौन सम्बन्ध टार्न, के गर्ने यस्तो बेला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ जेष्ठ २०७५, मंगलवार ०५:३४

वैवाहिक सम्बन्धमा यौनको कति महत्व छ भनेर भनिराख्नु पर्दैन। सम्बन्धको न्यानोपनलाई कायम राखिराख्नका लागि यौन महत्वपूर्ण छ। कतिपय अवस्थामा भने महिलाहरूले अनेकन बहाना गरेर टार्ने गर्दछन्, यस्तोमा परस्पर सौहार्दता खल्बलिने मात्र होइन सम्बन्ध टुट्ने सम्भावना समेत हुन्छ।

महिलाहरू विभिन्न कारणले सेक्स प्रति अरुचि प्रदर्शन गर्न सक्छन्। यसमा खराब स्वास्थ्य, थकान, तनाव, घरेलु कामप्रतिको अत्यधिक चासो आदि जस्ता कारण हुन सक्छन् । तर कतिपय अवस्थामा भने महिलाहरू त्यत्तिकै नाईं भन्ने हुन्छन्। महिलाहरू हरेक दिन नै सम्बन्ध स्थापित गर्न आनाकानी गर्छन् भने त्यो परस्पर सामंजस्य या समझदारीको कमी हो भन्ने संकेत हुन सक्छ ।

सम्बन्धको मधुरातालाई कायम राखिराख्न यस्तो समय आफूले पनि संयमता अपनाउनु बुद्धिमानी हुन्छ। प्रायः जसो पुरुषहरू यस्तोबेला झर्किने गर्छन् यसले सम्बन्ध झन् बिग्रिने हुन्छ। त्यसैले यस्तो यदि कुनै महिलाले सेक्स टारिरहेकी छिन् भने त्यसका पछाडिको कारण उनको रुचि अरुमा नै रहेको भूल भने कहिले पनि गर्नु हुँदैन।

प्रायः महिलाहरू कस्ता खालका बहाना बनाएर सेक्स टार्ने गर्छन् र त्यस्तो अवस्थामा पुरुषको प्रतिक्रिया कस्तो हुँदा बेस हुन्छ ? हेरौं:-

मेरो टाउको दुःखेको छ

यो यौन सम्पर्क टार्ने सबैभन्दा लोकप्रिय बहाना हो। अचेल त यो बहाना यति आम भइसक्यो कि महिलाहरू साँच्चिकै टाउको नादुखुन्जेल यसको प्रयोग नै नगर्ने भइसके। यस्तो अवस्थामा उनलाई टाउको दुखेको साँच्चै हो या होइन भनेर सत्यापन खोज्नु भन्दा उनीप्रति सहानुभूति प्रदर्शित गर्न सकियो भने सम्बन्धको मिठास कायम रहिराख्छ। उनलाई औषधि लेऊ, या आराम गर जस्ता कुरा भन्दा राम्रो हुन्छ।

आज धेरै थाकेकी छु

मान्छेको आवश्यकतामा सुत्नु सेक्स भन्दा पहिला आउँछ। यदि महिला दिन भरि घरको या अफिसको कामले थाकेकी हुन्छिन् भने उनले सबै भन्दा पहिले खोज्ने भनेको आराम नै हो र सुत्नु जत्तिको राम्रो आराम के नै होला? यस्तो बेलामा उनीसँग यौन सम्बन्ध राख्न कर गर्नु भन्दा उनीसँगै गएर सुत्नु राम्रो हुन्छ। यसरी सुत्दा उनलाई अंगालोमा राख्नु ठिक हुन्छ यसले आपसमा शारीरिक मात्र हैन भावनात्मक सम्बन्ध पनि मजबुत हुन्छ।

मलाई तिमीसँग सेक्स गर्दा कहिले पनि चरम आनन्द प्राप्त हुँदैन त्यसैले सेक्स गर्नुको कुई फाइदा छैन

यो सबैभन्दा क्रूर र निर्दयी बहाना मान्नु पर्छ। यदि महिला साथीले सीधै यस्तो भन्छिन् भने उनी साथीको भावनाको खासै ख्याल रख्दैनिन् भन्ने संकेत पनि हो यो। यस्तो अवस्थामा यदि उनी चाहन्छिन् भने अलग हुनु नै राम्रो हो।

म मोटी भएँ

महिलाहरू आफ्नो शारीरिक बनावटप्रति साह्रै नै सजग हुन्छन्। उनीहरूलाई के लाग्छ भने पुरुषहरूको चासो उनका अङ्ग प्रत्यङ्गमा हुन्छ । तर वास्तविकता भने फरक छ। कुनै महिलाले आफ्नो आँखी भौं निलो रङ्गले रंगाएकी छिन् भने पनि उनको पुरुष साथीलाई यो कुरा थाहा पाउन महिनौं लाग्न सक्छ। यति हुँदाहुँदै पनि अलिकति मात्रै वजन बढ्नु पनि महिलाहरूलाई यौन सम्बन्ध टार्ने बहाना हुन सक्छ। यस्तो बेला उनलाई विश्वास दिलाउन सक्नु पर्छकी यसले उनको सौन्दर्यमा कुनैपनि असर गरेको छैन।

तपाईं दिनदिनै सेक्स गर्ने भन्नु हुन्छ, म वाक्क भइसकें

यदि महिला साथीले यस्तो भन्छिन् भने यसका दुई कारण हुन सक्छन्- या त तपाईंमा सेक्सको असीमित भोक छ या तपाईं बीच जहिले पनि यौन क्रियाको सुरुवात तपाईंले ई गर्नुहुन्छ। यस्तो एकतर्फी पहलले कतिपय अवस्थामा तपाईंको पार्टनरलाई निष्क्रिय बनाइदिन्छ।

यस्तो छ भने केही समय निष्क्रिय बस्नुहोस र उनलाई पहल गर्ने मौका दिनुहोस। उनलाई आफ्नो संयमले चुनौती दिनुहोस यस्तो गरेको खण्डमा पहल उनीबाट हुन सक्छ र अर्को पल्ट यो बहाना कम्जोर हुनेछ।

हामी दिनदिनै उस्तैउस्तै के गरिराखेको?यो बहानाले के संकेत गर्छ भने सम्बन्ध निरन्तर छ, सुमधुर छ तर नयाँपन छैन। यस्तो अवस्थामा यौन सम्बन्ध टिम टेबल जस्तो भइदिन्छ र यो बिस्तारै अरुचिकर हुन सक्छ। यस्तो अवस्थामा यसमा कसरि नयाँपन ल्याउन सकिन्ह्ह भन्ने बारे सोच्नु पर्दछ। सधैं उही कोठा, उही ओछ्यान र उही समय सेक्सका लागि नयाँपन नल्याउन सक्छ यस्तोमा कहिले काँही कतै घुम्न जाने, एक अर्काका यौन भूमिकाहरू बदल्ने जस्ता कम गर्नाले नयाँपन आउन सक्छ।

म यस्तो गर्न चाहन्न

यो बहानै भए पनि सबैभन्दा नराम्रो हो। यदि तपाईंकी महिला साथी तपाईंसँग केही अन्तरङ्ग पल बिताउन झर्को मानिराखेकी छिन् भने पारस्परिक सम्बन्धको अवस्था कस्तो होला भन्न गाह्रो छैन। यस्तो अवस्थामा सत्यलाई स्वीकार गरेर उनीसँग सोध्दा हुन्छ कि उनी सम्बन्धलाई निरन्तरता दिन चाहन्छिन या अलग हुन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१