एजेन्सी । अहिले त ट्रेन्ड नै चलिसकेको छ कि, पातलो ज्यान भएकी केटी मात्रै सुन्दर हुन्छिन् भन्ने । त्यसैले हरेक केटाको रोजाइमा पातलो ज्यान भएकी केटी नै पर्छिन् । तर मोटी केटीका पनि केही गुणहरु हुन्छन्, जुन सुन्दा तपाई अविवाहित हुनुहुन्छ भने मोटी केटीसँग बिवाह गर्न मनाही गर्नुहुने छैन ।
मोटी केटीसँग विवाह गर्नुका धेरै फाइदा छन् । यसको पहिलो फाइदा हो, मोटी केटीसँग बिवाह गरेपछि सपिङमा तपाईको पैसा खर्च हुने छैन । किनभने मोटी केटीहरु कपडाका बारेमा धेरै सौखिन हुँदैनन् । अर्को फाइदा के भने मोटी केटीहरु पातलो ज्यान भएकी केटीको तुलनामा मनले धेरै सफा हुन्छन् । मोटी केटीको मनमा कसैप्रति घृणाभाव हुँदैन । साथै मोटी केटी आफ्नो घर पक्षका व्यक्तिको धेरै ख्याल राख्छिन् ।
वैज्ञानिक खोजबाट पनि यो पत्ता लागेको छ कि, मोटी केटीसँग बिवाह गर्ने केटाहरु जीवनमा धेरै खुसी हुन्छन् । यदि तपाई खानपिनमा शौखिन हुनुहुन्छ भने पनि मोटी केटीसँग विवाह गर्नुको फाइदा हुन्छ । किनकी मोटी केटीहरु पनि खानपिनका लागि धेरै शौखिन हुन्छन् ।
एक अनुसन्धानबाट यो पनि पत्ता लाग्यो कि मोटी महिला आफ्ना पतिलाई धेरै माया गर्छन् । उनीहरुका लागि श्रीमान् नै सबैथोक हुन्छ । यस्तै मोटी महिलासँग विवाह गर्ने पुरुषहरुमा आत्मबलको विकास हुने पनि एक अनुसन्धानबाट पत्ता लागेको छ ।
उनीहरु हरेक अप्ठेरो समयको सजिलै सामना गर्नसक्ने हुन्छन् । यस्तै मोटी केटी आज्ञाकारी पनि हुन्छन् । जसले गर्दा श्रीमतीले श्रीमानको भनेको कुरा सहजै स्वीकार गर्ने वातावरण बन्छ । यस्तोमा पति–पत्नीबीच झगडा हुने संभावना पनि निकै कम हुन्छ ।
प्रतिक्रिया