कम शुल्कमा पनि गुणस्तरीय शिक्षा दिन सफल नबोबुद्ध

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ जेष्ठ २०७५, सोमबार ०५:४७

काठमाडौ । नबोबुद्ध इण्टरनेशनल मोडेल धापासीले नयां बिधार्थीलाई स्वागत गर्दे राज्यकालागि सुहाउदो र उपयोगी र सर्बसुलभ शिक्षा प्रदान गर्ने आफनो बिधालयको उद्धेश्य अनुरुप बिधालय अगाडि बढेको बताएको छ ।
सो क्षेत्रको प्रतिष्ठित बिधालय नबोबुद्ध मोडेल स्कुलले बिधार्थीहरुलाई अन्यबिधालयले बढी शुल्क पनि नलिने गरेको , शिक्षाको गुणस्तर पनि राम्रो र उपयोगी भएको भएको अभिभाबकहरुले बताएका छन ।
बिधालय ब्यबस्थापन समितिका अध्यक्ष राजकुमार लामाको अधयक्षतामा भएको नया बिधार्थीहरुलाई बिशेष स्वागत कार्यक्रममा टोखानगरपालिका मेयर प्रकाश अधिकारीले बिधालय अहिले शिक्षामहंगो र अभिभाबकका लागि ढाड सेक्ने खालको भएको हरकेतिर सुन्ने गरिएको तर नबोबबुद्धको त्यस्तो अबस्था नभएको पाउदा खुशी लागेको बताउनुभएको छ ।
उहाले शिक्षा र स्वास्थ्य सबै भन्दा नाफा मुलक ब्यापार भएको र बिधालयहरुले बिभिन्न नाममा मनपरि शुल्कलिने गरेका छन त्यसलाई रोक्नु पर्छ भन्दै बढी शुल्क नलिएपनि बिधालय चल्ल्दो रहेछ र बिधार्थीले गणस्तरीय शिक्षापाउदा रहेछन भन्ने कुरा देखाएको नबोबुद्धको अनुशरण गर्न अन्य बिधालयलाई पनिआग्रह गर्नुभएको छ ।
कार्यक्रममा बिधालयका प्रिन्सिपल ज्ञानबहादुर तामाङ्घ, बरिष्ठ पत्रकार एवं धापासी बुद्धिजिबी समाजका अध्यक्ष टंक पन्त , नेकपा टोखानगरपालिकाका अध्यक्ष नारायणभाई श्रेष्ठ , बिधार्थी आयुश्माश्रेष्ठ, रेशाचित्रकार, बिनिशा वाग्ले लगायतले अबको शिक्षा कस्तो हुनुपर्ने , नबोबुद्धले कस्तो भुमिका निर्बाह गर्नुपर्ने , राज्यको भुमिका के हुनुपर्ने जस्ता बिषयमा उल्लेख गरेकाथिए ।
बिधालयले नयां बिधार्थीहरुलाई स्वागत गर्दे उपहार प्रदान गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१