मकाउमा एभरेष्ट हाईकिङ कार्यक्रम भब्यताको साथ सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ जेष्ठ २०७५, सोमबार ०५:०६

कर्ण बहादुर अधिकारी/ मकाउ,चीन। सन् १९५३ मे २९ तारिखमा विश्वकै सर्वोच्च शिखर सगरमाथामा नेपाली नागरिक तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका एडमण्ड हिलारीले पहिलो पटक पाइला टेकेका थिए सोहि दिनलाई संसार भरी छरीएर रहेका नेपालीहरुले खुसियालीको रूपमा मे २९ लाई सगरमाथा दिवसको रुपमा मनाउँदै आएका छन।मे २९ तारीकका दिन सगरमाथामा मानवले पाइला टेकेको दिनको स्मरणमा र पर्यटन प्रबर्धन र बिकासका लागि नेपाली महाबाणिज्य दुताबास हंगकंग र गैर आवासीय नेपाली संघ मकाउको संयुक्त आयोजना तमु समाज मकाउको ब्यवस्थापन र मकाउमा भएका विभिन्न जातीय,सामाजिक,राजनैतिक एवं ब्यबशायीक संघ सस्थाहरुको सहयोगमा मिति २०१८/६/१ तारीकका दिन मकाउमा पहिलो पटक एतिहासिक रूपमा “एभरेष्ट हाईकिङ कार्यक्रम भब्य रुपमा सम्पन्न गरिएको छ।कलोनको पाण्डा पार्कबाट सुरू भएको हाईकिङ आमा ट्याम्पल हुँदै हाक्साबीचमा गएर सकिएको थियो। उक्त कार्यक्रममा नेपाली महाबाणिज्य दुताबास हंगकंगका महाबाणिज्य दुत कमल प्रसाद भट्टराई,बिदेशी कुटनितिक नियोगका प्रमुखहरू,गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद हंगकंगका अध्यक्ष टिका गुरूङ र उहाँको टिम,गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद् मकाउका अध्यक्ष शान्ति देवी अधिकारी र उहाँको टिम,नेपाली जनसम्पर्क समिति मकाउका सभापति लेख बहादुर गुरूङ र उहाँको टिम,अन्तराष्ट्रिय नेपाली समाज मकाउका संयोजक प्रजुन अधिकारी,तमु समाज मकाउका अध्यक्ष रामेन्द्र गुरूङ,ब्रदर हुड एशोशियसनका अफ मकाउ नेपालका अध्यक्ष बम लिम्बु,शेर्पा समाज मकाउका अध्यक्ष याङ् ग्याल्जेन शेर्पा,किराँत राई यायोख्या मकाउका अध्यक्ष भीम कुमार राई,नेपाली समाज मकाउका अध्यक्ष एवं मकाउ तामाङ घेदुङका अध्यक्ष दोर्जे तामाङ,प्रवासी नेपाली मंञ्च मकाउका बरीष्ठ उपाध्यक्ष कृष्ण बहादुर अधिकारी,नेपाल एअरलाईन्सका प्रतिनिधिहरू,पत्रकारहरू लगाएत मकाउमा कार्यरत रहेका नेपालीहरूले बाक्लो सहभागिता जनाएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१