लोकसेवाले खरिदार पद हटाउने तयारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० जेष्ठ २०७५, आईतवार १४:२७

काठमाडौं । निजामती सेवामा आर्कषण बढीरहेका बेला खरिदार पद हटाउने तयारी थालीएको छ। संघीय निजामती सेवा ऐनको मस्यौदामा राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) पदमा खुल्ला प्रतियोगिताबाट पदपूर्ति नगर्ने उल्लेख भएसँगै अब सो पदका लागि खुल्ला विज्ञापन खुलाइने छैन । स्रोतका अनुसार कार्यालय सहयोगीबाहेक खरिदार पदभन्दा तल अर्को पदमा खुला विज्ञापन गरिने छैन । यसअघि खरिदार पदमा खुल्ला विज्ञापनबाट ७० प्रतिशत पदपूर्ति गरिन्थ्यो ।

हाल कानुन मन्त्रालयमा सुझावका लागि पुगेको संघीय निजामती सेवा ऐनको मस्यौदाको दफा ८ मा खरिदार पदमा खुल्ला प्रतियोगिताबाट पदपूर्ति नगर्ने उल्लेख छ । स्रोतका अनुसार अब आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट २० प्रतिशत र जेष्ठताको बढुवाको आधारमा १० प्रतिशत खरिदार पदमा पूर्ति गर्ने संघीय निजामती सेवा ऐनको मस्यौदामा उल्लेख छ । यसको अर्थ एसएलसी परीक्षा उत्तीर्ण कार्यालय सहयोगीहरु आन्तरिक परीक्षाबाट र बढुवाबाट खरिदार बन्नेबाटो भने रोकिएको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर १२, २०८१