लगभग विहानको १० बजेको हुँदो हो ।
शसष्त्र युद्ध चर्किएको थियो देशमा त्यतिखेर । २०६० सालको कुरा हो यो । मँ भर्खरै विद्यालयमात्र के पुँगेको थिए,साथीहरु सवै त्रासमा थिए । शिक्षकहरु समेत कुना पसिसकेछन ।कोहि चिहाइरहेका थिए भने एकदुइ जनामात्र बाहिर भित्र गरिरहेका थिए । मेरो पालो के भयो, कसो भयो केहि नबुझी म पनि एउटा कुना पसिदिँए । लगत्तै थाहा भइगयो, केहि तल माओवादी र आर्मीबिच भिडन्त हुन लाग्यो रे भन्ने कुरा ।
हो त्यो दिन हामीले नचाँहादा नचाँहादै पनि तत्कालिन युद्धरत माओवादी र सेनाविच भएको भिडन्तलाइ लुकीलुकी हेर्ने चेष्टा ग¥यौँ । मात्र ५ जना माओवादी रहेछन् । नजिकै आइपुगेको सरकारी सेना देखेर सास नै नफेरि भाग्न लाग्दा एउटाले बहादुरी देखाउन अरिङ्गालको गोलो झै आइलागेका सेनामाथि बम खसालेछ । हामीभने विद्यालयभित्र गुडुल्को परेर बसेका थियौ । फेरि लट्टे पड्केझै पटट्ट्ट्ट गोली चल्यो । हामीले त सोच्यौ धेरै जना हताहती भएहोला । पछि २ जना क्यामेरा बोकेका नौला मानिस हाम्रै विद्यालयमा आउदा पो यी सब थाहा पायौँ । सेनाले ठाउँको ठाँउ एउटा माओवादीको जीवनलिला समाप्त पारिदिएछ । बाँकी भागेछन् । मूलबाटो हाम्रै विद्यालय हुदैँ जाने थियो । त्यहि भएर नि केहि समय पछि सेनाहरु पनि नजिकै आए । त्यसबेलाका सेना, आँखामा आँखा जुधाइयो भनेमात्र पनि खान खोजेझै गर्थे । तर ति २ मानिस जसले क्यामेरा भिरेका थिए । सानो ब्याग भिरेका थिए ।तिनीहरुले लगाएको ज्याकेटमा प्रेस लेखिएको थियो । तिनीहरुले भने सेनाहरुको फोटो मात्र कहाँ खिँचे र रु हातै पो मिलाए । म ११ वर्षको फुच्चेलाइ के थाहा रु मैले सोचिरहे को होलान यी क्यामेरावाल रु सेना उकालो लागेको ३ घण्टापछि स्याँस्याँ गर्दै २ जना माओवादी आइपुगे पेस्तोल भिरेर । मलाइ झन् डर लाग्यो, किनभने सेनासँग हात मिलाउने २ जना क्यामेरावाल लाइ माओवादीले सक्ने त हैन रु तर माओवादीसँग पनि हात मिलाएर हाँसीहाँसी गफ गर्छन त बा तिनीहरु त रु त्यसपछि पो थाहा भयो तिनीहरु पत्रकार थिए भन्ने कुरा ।
त्यहि दिन हो मैले जीवनमा पहिलो चोटी पत्रकार देखेको । अनि त्यहि दिन हो मैले पत्रकारितामा लाग्छु भन्ने सपना जन्माएको । आज भोली सोच्ने गर्छु त्यो बेला मैले पहिलोचोटी देखेको पत्रकार र आज आएर विगत ५ बर्षदेखि पत्रकारिता गरिरहेको म । कत्ति फरक छ, यो समाजले त्यसबेलाको उसलाइ हेर्ने दष्टिकोण र यसबेला मलाइ हेर्ने दृष्टिकोण । आकाश पात्तालकै फरक छ यो कुरामा । आखिर किन रु
२०६२ ६३ को जनआन्दोलनपछि च्याउसरी उम्रिन थालेका मिडिया हाउस । अहिले देशैभर सञ्चालित ४ सयको हाराहारीका एफ्एम रेडियोहरु ।दर्जनौ टेलिभिजन हजारौ पत्रपत्रिका र अनलाइन र त्यसमा कार्यरत हजारौ पत्रकार,अनि संख्यात्मक रुपमा धेरै भएर व्यवस्थित र गुणस्तरीय बन्न नसकेको पत्रकारिता क्षेत्र । यसले गर्दा साँच्चै आजभोली पत्रकारिताको विश्वसनियता,निश्पक्षता र स्वतन्त्रतामाथी नै प्रश्न उठ्न थालेको छ । मिडिया पढेर बुझेर भन्दा पनि आजभोली आफन्त चिनजानबाट सामान्य रहर पूरा गर्न मिडियातिर लाग्ने जमात बढ्दो छ । कतिपय संचारगृहमा एउटै परिवारका सदस्य विभिन्न जिम्मेवारी लिएर पुरै मिडिया एउटै परिवारले चलाएको पनि स्पष्ट देख्न सकिन्छ । यसले निम्त्याएको फितलो पत्रकारिता नै सवैभन्दा ठूलो संक्रमणकाल हो मिडिया र मिडियाकर्मीको लागी ।
सम्वन्धित पक्षले चासो नदिँदा र मिडियाहाउस खोल्न प्रकृया र कसले खोल्न पाउने भन्ने कुरा खुकुलो हुँदा आजभोली कतिपयलाइ कमाइ खाने भाँडो,कतिपयलाइ समय कटाउने माद्यम र कतिपयलाइ सिमित स्वार्थ पूरा गर्ने माद्यम बनेको छ पत्रकारिता पेशा । केहि वर्ष अगाडीको तुलनामा आजभोली पत्रकारिता पढ्ने विद्यार्थी पनि घटिरहेको तथ्य भेटिन्छ क्याम्पसहरुमा । बर्षौदेखि पत्रकारिता गरिरहेकाहरु भविश्य राम्रो नदेखेरै धेरैले मिडियाबाट हात धोएको उदाहरण प्रशस्त छ तपाइ हामीमाँझ । आत्मालाइ साक्षीँ राखेर भन्ने हो भने तपाइ हामी धेरै मिडियाक्षेत्रमा सन्तुष्ट छैनौँ । सन्तुष्ट देखिएका एक दुुइ जनाले पनि ऐतिहासिक संघर्ष गर्नुपरेको छ जीवनमा ।
अब मेरो केहि प्रश्न सरकार र सम्बन्धित सरोकारवालालाइ, के मिडिया बेरोजगारीहरुको भर्तीकेन्द्र हो रु किन कतिपय दक्ष जनशक्ति मिडिया छोडेर बाटो लागिरहेका छन रु युवाहरुको समय वर्वाद बनाइरहेको छ मिडियाले ,युवाहरुलाइ मानसिक तनाव दिइरहेको छ, भोको पेटले पत्रकारले आदर्शका भाषण गरिरहेका छन भन्ने कतिपयको आरोप र यथार्थमा सत्य लाग्ने यी कुराप्रति के जवाफ छ सरकारको रु के अब हाम्रा कलम,हाम्रा आवाजहरु पत्रकारिताको धर्म बिर्सेर कसैको चाप्लुसी गर्नेतिर, कसैको गुणगान गाउने र कसैको ढाँड भाच्नेतिर मोडिए हुने हो रु यदि होइन भने कत्तिदिनसम्म धेरैजसो पत्रकारहरुले गाँसकै लागी संघर्ष गरिरहनुपर्ने रु
त्यसैले मिडियालाइ व्यवस्थित र मिडियाकर्मीलाइ वास्तवमै मिडियाकर्मी हुँ भन्ने गर्व गर्न लायक बनाउन सम्वन्धित पक्ष र सरकारले केहि सोच्नुृपर्ला कि ?
प्रतिक्रिया