‘रूप रङ सुधार्नका लागि प्लास्टिक सर्जरीको साहरा लिएँ’-राखी सावन्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० जेष्ठ २०७५, आईतवार १४:०३

बलिउड अभिनेत्री राखी सावन्तले हालै एक अन्र्तवार्तामा आफूले रूप रङ सुधार्नका लागि प्लास्टिक सर्जरी गराएको खुलाएकी छिन्। एक टेलिभिजनमा जब उनलाई कार्यक्रम सञ्चालकले निरु भनेर बोलाए, उनी भावुक हुन पुगेकी थिइन्।

राखीले भनेकी छिन्– ‘मलाई मेरो परिवारले कहिल्यै पनि मनोरञ्जनको दुनियाँमा जाने अनुमती दिएन, जब म नाचेको देख्थे मलाई पिट्थे। जब म मुम्बई पुगेँ, मैले केही निमार्ताहरूका अगाडि नाच्न र प्रतिभा देखाउन शुरु गरेँ। केहिले ममाथि खराब नजर पनि राखे।

मैले सोचेँ कि यस्ता मानिसका बीच नाच्नुभन्दा डान्सबारमा काम गर्न राम्रो हुन्छ।’ उनले भनेकी छिन्– ‘मैले धेरै फिल्ममा आफूलाई अस्वीकार गरेको यथार्थ भोगेपछि मैले आफ्नो रूपरंग सुधार्नका लागि सर्जरीको साहरा लिएँ ।’ राखी नयाँनयाँ हंगामा र चर्चाका लागि माहिर मानिन्छिन्।

प्रतिक्रिया