डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य बढ्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० जेष्ठ २०७५, आईतवार ०५:४६

काठमाडौं। अन्तर्ष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भए पछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

इन्डियन आयल कर्पोरेशन (आइओसी)  बाट मूल्य बढेर आएपछि निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन (एटीएफ) को मूल्य भाउ बढाएको हो । पेट्रोल, डिजेल, मट्टीतेल प्रति लिटर तीन —तीन रूपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर पाँच रुपैयाँ, अन्तराष्टियतर्फ प्रति केएल ७५ डलर बढाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । खाना पकाउने ग्यासको मूल्य भने यथावत छ।

भाउ बढेपछि पेट्रोलको मूल्य प्रति लिटर एक सय १३ रुपैयाँ, डिजेल र मट्टितेलको ९५ पुगेको छ । एटीएफ आन्तरिकतर्फ तर्फ प्रतिलिटर १०० रुपैयाँ र अन्तराष्ट्रितर्फ प्रति केएल ७५ डलर बढेर एक हजार ७५ डलर पुगेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१