लाइसेन्सको अवैध कारोबार : चार दिनको कमाइ नै ८ करोड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ जेष्ठ २०७५, शनिबार ०५:२६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय ट्राफिक प्रहरी महाशाखा, यातायात व्यवस्था विभाग र यातायात कार्यालय बाग्मतीका अधिकारीको मिलेमतोमा भएको सवारी चालक अनुमति–पत्रको अवैध कारोबारको मुद्दा अनुसन्धान गरिरहेको छ ।

बस, ट्रक र लहरीको सवारी चालक अनुमति पत्र (लाइसेन्स)  बिना ट्रायल बेचबिखन गरेको आरोप लागेका यातायात व्यवस्था कार्यालय बाग्मतीका इन्जिनियर श्याम केसी अहिले फरार छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय ट्राफिक प्रहरी महाशाखाका सई श्रीराम केसीलाई पक्राउ गरेर अनुसन्धान थालेपछि इन्जिनियर केसी फरार छन् ।

आयोगले केसी भागेर भारत पुगेको निष्कर्षसहित उनलाई पक्राउ गर्न प्रक्रिया अघि बढाएको जनाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा, यातायात व्यवस्था विभाग र यातायात कार्यालय बाग्मतीका अधिकारीको मिलेमतोमा प्रतिव्यक्ति २ लाख रुपैयाँसम्म लिएर ट्रायल परीक्षामा अनुपस्थितलाई समेत सवारी चालक अनुमतिपत्र वितरण गरेको पाइएको छ ।

आयोगको अनुसन्धानले लाइसेन्सको अवैध व्यापार मासिक कारोबार करोडौंमा हुने गरेको देखिएको छ । ट्राफिक महाशाखाका सई श्रीराम तिवारीसहित महाशाखाकै ट्राफिक जवान गणेश खड्का यसअघि नै पक्राउ परिसकेका छन् । तिवारीसहित यातायात कार्यालय बाग्मतीका खरिदार कमल स्याङ्तान र कार्यालय सहयोगीद्वय हरिबहादुर थापा र मिनबहादुर तामाङलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

यातायात व्यवस्था विभागले २०७५ बैशाख ३, १०, ११ र १९ गते चार दिनको नमुना परीक्षण गर्दा विचौलिया, ट्राफिक र यातायात कर्मचारीको यो समूहले ट्रायल परीक्षामा उपस्थित नभएका करीब ४ सय जनालाई सवारीचालक अनुमति पत्र दिएको खुलेको छ । नमुना दिनको मात्र हिसाब गर्ने हो भने प्रतिलाइसेन्स २ लाख रुपैयाँका दरले ४ सय जनाबाट ८ करोड रुपैयाँ असुलेको देखिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१