रणवीरसँग विबाह गर्दा कस्तो हुन्छ भनेर दीपिकाको परिवारले ज्योतिषीलाई सोधे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ जेष्ठ २०७५, शुक्रबार ०५:४७

एजेन्सी  । बलिउड अभिनेत्री दीपिका पादुकोण तथा अभिनेता रणवीर सिंहबीच १९ नोभेम्बरमा बिहेको मिती तय भएको छ। प्रेम सम्बन्धमा रहेका उनीहरूको विवाह मुम्बर्इमा हुने भारतीय दैनिक पत्रिका भाष्करले उल्लेख गरेको छ। दीपिकाको परिवारले ज्योतिषीलाई हेराएपछि बिहेको मिति तय भएको हो । दीपिकाकै परिवारले तय गरेको मितिमा बिहे गर्न रणवीरको परिवार पनि सहमत भएको हो । उनीहरूको बिहे दक्षिण भारतीय संस्कार अनुसार हुने भएकाले विवाहमा रणवीरले पारम्परिक मुन्डु पोसाक लगाउनेछन्। पछिल्लो समय यो जोडीको बिहेको खबरले निकै चर्चा पाएको छ ।

तर, भर्खरै रणवीर र दीपिकाको जोडीलाई लिएर निर्माता तथा निर्देशक करण जोहरले ‘ब्रेकअप’को आशंका व्यक्त गरेका छन् । जोहरले यो जोडीको लङ डिस्टान्स रिलेसनसिपका कारण ब्रेकअप हुन सक्ने सम्भावना रहेको बताएका हुन् । नागरिकमा खबर छ । उनले रेडियो सो ‘रिभर्स (यापिड फायर’मा यो कुराको खुलासा गरेका हुन् । कुन बलिउड सेलेब्रिटीको लङ डिस्टान्स सम्बन्धको कारण ब्रेकअप हुन सक्छ भन्ने एक कलरले सोधेको जिज्ञासामा उनले भने, ‘मलाई रणवीर सिंह र दीपिका पादुकोणको सम्बन्धलाई हेर्दा त्यस्तो लाग्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१