बिक्रम पाण्डेको कम्पनीले तिर्‍यो ९४ लाख जरीवाना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ जेष्ठ २०७५, शुक्रबार ०५:३७

काठमाडौं । सम्झौता अनुसार समयमा काम सम्पन्न नगर्ने निर्माण ब्यवसायीले करिब एक करोड जरीवाना बुझाएका छन्।

निर्माणधिन बुटवल-बेलहिया सडक बिस्तार आयोजना अन्तर्गत भैरहवाको सडक निर्माण र डण्डा पुल निर्माणको जिम्मेवारी लिएका कालिका तामाङ प्यासेफिक जेभीले उक्त जरीवाना तिरेको हो।

आयोजनाका अनुसार गत मंसिर महिनामा सम्पन्न हुनुपर्ने काम समयमा नसकेपछि उक्त कम्पनीले ९४ लाख ७९ हजार १ सय ४८ रूपैया राजश्वमा दाखिला गरिसकेको छ।

उक्त कम्पनीले असार मसान्तसम्म काम सके पनि उसको जरीवाना ३ करोड पचास लाख हाराहारी पुग्ने देखिएको छ।

ब्यापारीक मार्ग बिस्तार आयोजना बेलहिया-बुटवलका प्रमुख जिवेन्द्र मिश्रले उक्त निर्माण कम्पनीले गत मंसिरमै काम सक्नुपर्ने सम्झौता गरेकोले तोकिएको समयमा नगरेकोले जरीवाना गरिएको बताए।

मिश्रका अनुसार उक्त कम्पनीलाई सम्झौताको सर्त र कावु बाहिरको परिस्थिति उत्पन्न भए प्राप्त गर्ने सुविधाको थप समय दिँदा पनि काम सम्पन्न नगरेकोले जरिवाना गरिएको बताए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१